कविता – सम्झौता

-प्रकाश अधिकारी 

एउटै बनोस् विचार
उस्तै बनुन् रहरहरु
सधैं अन्त्य बिहिन
सुरुवात होस् ।

जूनले झैं रातलाई पनि
उज्यालो बनाउँन सकोस् ।

यादका तरेलीहरुमा
स्वच्छन्द
निस्वार्थ बगिरहने
यस्ता क्षणहरु पनि हुँन्
समयको बाढीले
बगाउँन नसकोस्
हुरी बतास र चट्याङ्म परेर
घाइते नबनोस्
तिम्रो र मेरो
सपनाको घर ।

हरपल
आँखामा रहिरहुँन्
आफैँले छुट्याउँला
सहमती र असहमती
कसैले गिरफ्तार गर्न नसकोस्
तिमीले र मैले कोरेका
आँखा र मुटुको चित्रहरु
इतिहासको सङ्ग्रालयमा
झुण्ड्याउँला एक दिन
तिम्रो र मेरो सम्झौतामा ।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *