कविता : तपाईं र म

-प्रकाश अधिकारी 

तपाईं र मेरो…!
धरातल फरक थियो
भोगेको कथा फरक थियो
आफ्नै पैताला र पाखुरा घोटेर
अभावलाई उछिनेर
यहाँसम्म आउँदा
एउटै व्यथामा
अल्झिएकाछौँ हामी
यत्तिखेर ।।

आज यो समयलाई जित्न
यो कठिन मोडलाई पार गर्न
एउटै परिवेशमा थुनिएकाछौँ
तपाईं र म ।

अनुशासनलाई नतोडि
सचेत ढंगले
अनि विचारले
एक ढिक्का बनेर
सँगै अघिबढ्न सकेनौ भने
अनुशासनलाई
पालना गर्न सकेनौं भने
यो दिन पनि हार हुनेछ।

आफैंसँगको कम्जोरिलाई
वीरतामा बदल्न सकेनौं भने
हामीलाई पनि
पर्खिरहेको हुँनेछ
आर्यघाट
मलामी बोकेर।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *