कोरोना – कविता

प्रकाश अधिकारी

कोरोना ! तिमी कति शक्तिशाली
मै हुँ भन्ने पनि गले तिमी सँग,
बुहानबाट निस्कियौ
इरान हुँदै अमेरीका पुग्यौ,
१०९ वटा देश,
सरकार जनता सबै रुवायौ
व्यापार डाँमाडोल पार्यौ
तेलको भाउ घटायौ
एक देश र अर्को देशको
नाता सम्बन्ध टुटायौ ।।

भाइरस हौ तिमी
कोबिड-१९ अचम्म पार्यौ
उथलपुथल , ठूलो आतङ्क मच्चायौ
नमस्कार गर्नु अनि अङ्कमाल नगर्नु
हिन्दु संस्कार सँग तिमीलाई
भन ! किन गाहृो पर्नु ?
आखिर भन तिमी को हौ ?
किन पार्यौ यस्तो त्रसित
भो – भो रोक यो आतङ्क
आफू बस मजा सित।।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *