न्युनतम शुल्कमा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध शुभकामना स्कुल

काठमाडौ – स—साना वालवालिकाहरुलाई घोकन्ते र तनावमा पढाउन खोज्यौ भने त्यो दुर्भाग्य हुन्छ । उनीहरुको मनोभावना वुझेर, वालवालिकाहरुलाई मायालु वातावरण दिएर पढाइयो भनेमात्रै प्रभावकारी र दीर्घकालीन हुन्छ । यही कुरालाई मध्यनजर गर्दै मन्टेश्वरी शिक्षण शैली लाई प्रयोगमा ल्याउँदै आइरहेको छ  शुभकामना स्कुल ।

गोकर्णस्थित उत्तरवाहिनीमा रहेको शुभकामना स्कुलमा नर्सरी देखि एक कक्षा सम्म करिव ९० जना विद्यार्थीहरु ले अध्ययन गर्दै आइरहेका छन् । विद्यालय गोर्कणेश्वर नगरपालिकामा विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको छ ।

नेपाली माटो सु्हाउदो अन्तराष्ट्रिय स्तरको शिक्षा अति न्यूनतम शुल्कमा दिने उद्धेश्यले स्थापित विद्यालयले आगामी दिनमा आफना सेवा र स्तरलाई अझ परिमार्जन र विस्तार गर्दै लैजाने लक्ष्य समेत लिएको छ ।

यस्ता छन् विद्यालयका विशेषताहरु
-यथेस्ट खेलमैदान
-प्रशस्त खेल सामाग्री
-अनुभवी र तालिमप्राप्त शिक्षिकाहरु
-नियमित स्वास्थय जाँच
-हरियाली वातावरण
-स्वस्थ र ताजा खाना र खाजाको व्यवस्था
-मन्टेश्वरी शिक्षण शैली
**विद्यालय यातायातको व्यवस्था
**जेहेन्दार तथा विपन्नलाई छात्रवृतीको व्यवस्था

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *