भारी वर्षासँगै चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ तराईका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर अर्थात नेपालतर्फ सरेकोले देशभर बदली भएको हो ।

आज दिउँसो देशभरी नै आंशिक र सामान्य बदली हुनेछ भने धेरै स्थानहरुमा हल्का र मध्यम वर्षा हुनेछ । साथै, पूर्व र पश्चिम तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशको पश्चिमि भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ्गको सहित हल्का वर्षा हुने सम्भावना रहेको छ । मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा देशको केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग पर्ने सम्भावना रहेको र पूर्व र पश्चिम तराई तथा पहाड भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *