अन्तरिक्षमा एक वर्ष बिताएर पृथ्वीमा झरिन क्रिस्टिना

कजाकस्तान – अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीवार पृथ्वीमा अवतरण गरेकी छन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने प्रथम महिला अन्तरिक्ष यात्री हुन्।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरू दुई अन्तरिक्ष यात्री सहित अवतरण गरेको नासाले जनाएको छ। अन्य दुई सदस्यमा यूरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रूसका अलेक्जान्डर स्केभोर्सोभ छन्। उनीहरू अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेका थिए।

कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँडेका थिए। कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो। हालसम्म चारजना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन्। रूसका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए। रासस/एएफपी

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *