तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा

काठमाण्डौ – आइतबार देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, मनसुनी न्यून चापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले पनि मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले महाशाखाले जनाएको छ  ।

मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । एकैछिन माैसम खुले पनि एकैछिनमा बदली हुने र अबको तीन दिन यस्तै किसिमको मनसुनी गतिविधि भइरहने सम्भावना रहेको उहाँले बताउनुभयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *