सिन्धुपाल्चोकका रामप्रसाद पौडेल एउटै जग्गा ४ जनालाई बैना गरि एक करोड ठगेर फरार

काठमाडौं- ‘जग्गा सस्तो र राम्रो छ, तपाईं आफ्नै गाँउठाँउको मानिस हुनुहुँदो रहेछ, मौका नगुमाउनुस्, जग्गा लिनुस्’महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरमा दायर गरिएको निवेदनमा लेखिएको छ, ‘सकेसम्म छिट्टै बैना गर्नुस्।’

ठिमी प्रहरीमा दायर गरिएको यी विशेषणयुक्त उजुरी एक ठगबारेको हो। पछिल्लो समय अन्य अपराधका घटनामा केही कमी देखिए पनि वैदेशिक रोजगारी, लेनदेन र जग्गा कारोबारजस्ता विषयमा हुने ठगी भने बढ्दै गएको छ।

यो त्यसै किसिमको घटनाको प्रतिबम्ब हो। यी नटरवरलाल ठगको आरोप लागेका व्यक्तिबाट शिकारमा सर्वसाधारण व्यक्तिमात्रै छैनन्। स्कुलमा पठाउने शिक्षकदेखि कलेजमा अध्यापन गराउन लेक्चचरसम्म शिकार भएका छन्।

नाम- रामप्रसाद पौडेल
ठेगाना- सिन्धुपाल्चोक फुलपिङ्काेट – ४ , हाल भक्तपुर
पेसा- जग्गारजमिनको कारोबार

यही पहिचान भएका व्यक्तिबाट पीडित भएको भन्दै प्रहरीमा धाउने व्यक्ति अहिले धेरै छन्। पौडेललाई पक्राउ गरेर कारबाही गर्न पीडितहरू प्रहरीमा धाएको ६ महिना बित्न लाग्यो। तर पौडेलेको नामोनिसानो प्रहरीले फेला पार्न सेकेको छैन।

पौडेलबाट ठगिएको बताउनेमध्येका एक हुन्, सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३७ वर्षीय श्यामप्रसाद दुलाल। प्रतिष्ठित सरकारी क्याम्पसमा अध्यापन गराउने दुलालबाट पौडेलले २० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको छ।

दुलालमाथि गरिएको ठगीको कथा रोचक छ। ‘भक्तपुरको साविक दुवाकोट गाविस(१ ुघु कित्ता नं। १५००, कित्ता नं। १५०३ र कित्ता नं। ४११ समेतका जग्गा मैले किनेर प्लटिङ गर्दैछु। मिलाएर दिन्छु। किन्ने भए किन्नुहोला,’ पहिल्यैदेखि चिनजान भएका सिन्धुपाल्चोककै डिल्लीप्रसाद शर्मालाई ठगीको आरोप लागेका पौडेलले भनेका थिए। शर्मा पेसाले शिक्षक हुन्।

राम्रो घडेरी सस्तोमा पाउने भएपछि शर्माले १४ लाख रुपैयाँ दिएर घडेरी बैना गरे। आफ्ना ज्वाईंका लागि शर्माले उक्त घडेरी किन्न खोजेका थिए। राम्रो ठाउँमा सस्तो घेडेरी पाएको कुरा सिन्धुपाल्चोककै दुलालसम्म सञ्चार भयो। घेडेरी खोज्दै हिँडेका उनलाई ‘ढुंगो खोज्दा देउता’ मिलेजस्तो भयो।

गत वर्षको जेठ ४ गते पूर्वी मोहडा, २० फिटको बाटो छाडी १८ लाख रुपैयाँका आनाका दरले साढे ३ आना जग्गा खरिद गर्ने र ६० दिनभित्र पास गरिसक्ने भन्दै कागजात भयो। दुलालले २० लाख रुपैयाँ बैनास्वरुप दिए।

पैसा लिएको तर ६० दिन त के, ६ महिनासम्म पनि पौडेल सम्पर्कबिहीन भए। ‘६० दिनसम्म पनि जग्गा पास नभएपछि हामीले उहाँलाई खोज्न थाल्यौं। तर कहीँ फेला पार्न सकिएन,’ पीडित भनिएका दुलालले नेपाल लाइभसँग गुनासो गरे।

जग्गा बैना गरेको करिब ८ महिनापछि पौडेलसँग भेट भयो। तर उनले आश्वासन दिए, ‘नहतारिनुस् काम हुँदैछ। केही ढिला भएको मात्रै हो। अब १र२ महिना पर्खनुहोस्। जग्गा पास हुन्छ।’

पौडेलको आश्वासन शंकासहितको भए पनि मान्नको विकल्प उनीसँग थिएन। थप १र२ महिना कुर्न दुलाल बाध्य भए। तर १र२ महिनापछिको भेटमा पौडेललाई जग्गा दिन नस्ने बताउन थाले। ुअब बैना फिर्ता गर्दिन्छु। पैसा लैजानुस्ु पौडेलले इमान्दारी देखाएझैं गरे।

एनआइसी एसिया बैंकको दुवाकोट शाखाको २० लाख रुपैयाँको चेक गत वर्षको फागुन २४ गते दुलालले पौडेलबाट बुझे। तर तत्काल चेक साट्न पाइने अवस्था थिएन। चेकमा मिति भने २०७६ जेठ १५ गतेको राखिएको थियो। यो मितिपछि उक्त चेक साट्न जब दुलाल पुगे, त्यसपछि बैंकले पर्याप्त रकम नभएको भन्दै ३ पटकसम्म चेक बाउन्स गरिदियो।

check

त्यसपछि दुलालप्रति पौडेलले बोल्ने भाषाको शैली बदलियो। ‘मैले जानीजानी रकम नभएको खाताको चेक दिएको हो। तेरो रकम तिर्दिनँ, जे सक्छस् गर्,’पौडेलले दुलाललाई धम्क्याउन थाले।

यसपछि मात्र आफू ठगिएको भन्दै ठिमी प्रहरीमा उजुरी दिएको ६ महिना बितिसक्दा समेत पौडेलको सुइँकोसम्म प्रहरीले पाउन सकेको छैन। यसबारे प्रहरीसँग बुझ्दा खोजी भइरहेको र अहिले केही भन्न नसकिने बताएको छ।

पौडेलले दुलाललाई मात्रै होइन, सिन्धुपाल्चोककै डिल्लीप्रसाद शर्माबाट १४ लाख, रुका शर्माबाट ३४ लाख, डिल्ली नेपालबाटबाट २५ लाख रुपैयाँ गरी ९३ लाख रुपैयाँ पौडेलले ठगी गरेको पाइएको छ। उनीहरु सबैलाई पौडेलले प्लटिङ गर्दै गरेको सो जग्गा आफ्नो भएको र सस्तोमा बेच्ने भन्दै बैना लिएर ठगी गरेका थिए।

पौडेलले यसरी जग्गा देखाएर बैना गर्दै ठगी गर्नेहरुको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ। डिल्लीप्रसाद शर्मालाई पौडेलले बैनाबापतको रकम फिर्ता दिने भन्दै २० महिनाको मिति राखेर चेक काटिदिएका थिए। ‘विश्वासमा परेर मैले मिति हेरिनँ। पछि घरमा आएर राम्रोसँग हेर्दा त २४ महिनापछिको १५ गते चेक साट्ने मिति लेखेको रहेछ,’ शर्माले भने।

बैंकको रेकर्ड अनुसार ुभ्यालिडु नै नभएको चेक पाएका शर्माले उक्त चेक बाउन्स गर्न समेत पाउने अवस्था भएन।

पौडेलले प्लटिङ गर्ने भनिएको उक्त जग्गा इन्द्रकला गुरागाईं र विभीषण शर्माको नाममा रहेको बुझिएको छ। उक्त जग्गा भने अहिलेसम्म प्लटिङ भएको छैन। यसबारे ठगी आरोप लागेका पौडेलसँग सम्पर्क गर्दाका उनको माबोइलमा सम्पर्क हुन सकेन।

यता पीडित भनिएकाहरु न भोक, न तिर्खा, न निद्रा भन्दै प्रहरी कार्यालय धाउन थालेको ६ महिना नाघिसकेको छ। ठगी आरोप लागेका पौडेललाई पक्राउ र कारबाही किन भएन भन्ने नेपाल लाइभको प्रश्नमा ठिमीका डिएसपी शान्तिराज कोइरालाले भने, ‘प्राथमिकतामै राखेर आरोपितको खोजी भइरहेको छ।’ नेपाल लाइभबाट 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *