गुणस्तरीय शिक्षाका लागी हिम्स

काठमाडौ – पछिल्लो समय शिक्षा क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको छ ।शिक्षामा नयाँ नयाँ प्रविधिको बिकास भइरहेको छ । विभिन्न स्कुुल तथा कलेजहरु स्थापना भइरहेका छन् यही क्रममा काठमाडौको जोरपाटीस्थित अवस्थित हिमालयन इन्टरनेशनल स्कुल (हिम्स) ले पनि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ ।

सन १९९४ देखि निरन्तर गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको हिम्स स्कुल सन १९९४ मा निमा लामाको अगुवाइमा स्थापित भएको हो । बिद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुँदै आइरहेको छ ।विज्ञान, ब्यबस्थापन र मानविकी संकायमा बिद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

बिद्यालयको आफ्नै सुविधा सम्पन्न र आधुनिक भौतिक संरचना रहेको छ । बिद्यालयमा १००० जना अट्ने क्षमताको सभागृह , स्विमिङ पुल, स्तरीय प्रयोगशाला तथा इ-लाइब्रेरी रहेको छ । दक्ष तथा अनुभवी जनशक्ति रहेको हिम्सले अहिलेसम्म प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याइरहेको बिद्यालयका कोअर्डिनेटर मोहन गिरि बताउँछन् ।

शान्त, मनोरम तथा पुर्ण शैक्षिक वातावरणमा अवस्थित बिद्यालयले खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिनुका साथै गरिब, जेहेन्दार र पिछडिएका विद्यार्थीहरुको लागि विशेष छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *