पार्टी एकतामा निर्णायक पहल थाल्न प्रचण्डलाई नेकपाका युवानेता अधिकारीको आग्रह

काठमाडौ – पार्टी एकतामा निर्णायक पहल कदमी लिन प्रचण्डलाई नेकपाका युवा नेता रामचन्द्र अधिकारीले आग्रह गरेका छन् । पुर्व विद्यार्थी नेता समेत रहेका अधिकारीले पार्टी एकता घोषणा भएको बर्ष दिन पुग्दा पनि पार्टी एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ताका साथै जनतामा समेत निराशा बढ्न थालेको बताउँदै एकता प्रक्रियालाई टुंग्याउन आग्रह गरेका हुन् ।

दुई भिन्दाभिन्दै धाराको नेतृत्व गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उदाएका दुई पार्टीबीचको एकता ठूलो पार्टी बनाउने अंकगणितको प्राविधिक विषयमात्रै नभै एकतासँग समृद्धिको योजना,  विकासको सपना, भ्रष्टाचारको अन्त्य र शुशासन कायम गर्ने लक्ष्य साथै १० लाख भन्दा बढी पार्टी सदस्यलाई देश विकासको महाअभियानमा जोड्ने परिकल्पना रहेकाले ती योजना र सपना पुरा गर्नका लागि पनि एकतालाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउनु पर्ने नेता अधिकारीले ग्लोबल खबर सँग बताए ।

प्रचण्ड नेपालको राजनीतिक परिवर्तनमा निर्णायक पहलकदमि र महत्त्वपूर्ण निर्णय गर्न सफल रहेकाले अब त्यो निर्णय क्षमता र पहलकदमी आफ्नै पार्टी एकतामा देखाउने बेला आएको बताउँदै नेता अधिकारीले दुई पार्टीको तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया छिट्टै टुङ्गो लगाउदा मात्रै नेकपाको जीवनमा नयाँपन साथै उर्जा थपिने तर त्यसो भएन भने नेकपा आफैंले तय गरेका कार्यभारहरु सिधा प्रभावित हुने धारणा राखे  ।

संगठनात्मक क्षेत्रको अहिलेको अवस्था अन्त्य र अगाडिका कार्यभार पुरा गर्दै जानु नेकपाका अहिलेको चुनौति रहेकाले । यी चुनौति पूरा गर्दा मात्र नेता–कार्यकर्ताको जीवनमा उर्जा आउनुका साथै सिंगो देशको राम्रो भविष्य बनाउन सहयोग पुग्ने बताउँदै । अब ढिला नगरी मूल नेतृत्वले कदम चाल्नुपर्ने र त्यसमा पनि प्रचण्डले सवैलाई विश्वासमा ल्याएर निर्णायक धक्का दिएमात्र यो सम्भव हुने नेता अधिकारीले बताए ।

गत जेठ ३ गते एकता घोषणा भए यता नेकपाको एकताले पुर्णता पाउन सकेको छैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *