पथ प्रदर्शक

–राधा कार्की

मूच्र्छित अवस्थाबाट
रूपान्तरित हुँदै मन यहाँसम्म आएको छ
थाहा छैन,
कतिपटक मनको प्वाँख उखेलियो
थाहा छैन,
कतिपटक मनको अस्मिता लुटियो
थाहा छैन,
कतिपटक मन टुक्राटुक्री बनेर चोइटियो ।

मनको बगैँचामा
फुलहरू, फक्रन्छन्, रमाउँछन्
मनको युद्धमा
मनहरू प्रेम र सद्भावले प्रतिद्वन्द्वीको स्वागत गर्छन्
मनको सगरमाथामा
मन आफ्नै गौरवको झण्डा फहराउँछ
मन साँच्चै आफैँमा
एक साहसको पथ–प्रदर्शक रहेछ !

वैभवतामा,
मनहरू आफैँभित्र दास बन्छन्
आलो घाउमा मनहरू मलम लगाउँछन्
कहिले मन मातिन्छ
बन्द र हड्तालमा आफ्नै बजार खोलेर
कहिले मन तातिन्छ
सुनसान रातमा उसवैm व्यथा बोकेर
मन थुप्रै पटक,
तातिँदै सेलाउँदै विजयको होडमा निरन्तर लडिरहेछ !

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *