फास्टफुड लभ

समीर गिरि 

प्रेमको बुझाइ ब्यक्तिपिच्छे फरक फरक हुनसक्छ त्यसैले संसारमा सबैभन्दा धेरै परिभाषा भएर पनि अपरिभाषित कुनै कुरा छ भने त्यो प्रेम नै हो । प्रेमको कुरा गर्दा हामी धेरै परिभाषा उदाहरण सहित दिन र घन्टौं बहस गर्न सक्छौ ।

जब प्रेमको प्रसंग आउँछ, हामी ‘मुना-मदन’को उदाहरण दिन्छौ । भन्छौं, त्यो एक अमर प्रेम कहानी थियो । हामीले भन्दै आयौं, प्रेम त रोमियो-जुलियटको जस्तो हुनुपर्छ । लैला मजनु जस्तो हुनुपर्छ । तर, त्यो आदर्श प्रेम आज दन्त्य कथा भएको छ । प्रेमको परिभाषा तिब्र गतिमा बद्लिइरहेको छ । आज दुनियाले प्रेमलाई बजारबाट खरिद गर्ने उपभोग्य सामानको रूपमा बुझ्न थालेको छ ।

आज हामी फास्टफुड लभको जमनामा छौ हिजोका मुना-मदन, रोमियो-जुलियट र लैला मजनुको प्रेमकथा हामीलाई बकवास लाग्छ

आज हामी फास्टफुड लभको जमनामा छौ हिजोका मुना-मदन, रोमियो-जुलियट र लैला मजनुको प्रेमकथा हामीलाई बकवास लाग्छ । प्रेम अपनत्वको भाव हो । मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। भनेर कसैले भन्यो भने हामीलाई त्योभन्दा झुर केहि लाग्दैन । किनकि हामी प्लेटोनिक लभ होइन क्याजुअल लभको जमानामा छौ । हिजो प्रेमलाई दुई आत्मको मिलन भनियो । आज दुइ शरीरको मिलनलाई प्रेमको रूपमा चित्रण गर्न थालिएको छ।

प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि तर, आज प्रेमको रुप खुम्च्याइएको छ र त्यसलाई वैंशालु जोडीको पेवा जस्तै बनाइएको छ

प्रेम त उही हो तर आज भौतिक आवश्यक्ताका परिपूर्तिका खातिर हामी प्रेम खोजिरहेका छौं । हिजो प्रेमले दुई फरक व्यक्तिलाई एकाकार गराउथ्यो । आज प्रेमले दुई फरक व्यक्तिको स्वार्थलाई घुलनसिल गराउँछ । प्रेमको प्रारुप यसरी बद्लिदैछ ।

प्रेम एक भावनात्मक अवस्था हो । जब मनलाई प्रेमिल भावनाले पगाल्छ, तब प्रेम प्रकट हुन्छ । यस्तो प्रेम कुनै वैंशालु युवा वा युवतीसामु मात्र पोखिदैन, आमा-बुवा, छोरा-छोरी, साथी-संगी सबैसामु पोखिन्छ ।

प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि तर, आज प्रेमको रुप खुम्च्याइएको छ र त्यसलाई वैंशालु जोडीको पेवा जस्तै बनाइएको छ । यसको अर्थ प्रेम फगत शारीरिक सम्बन्ध मात्रै हो । आज प्रेम फास्टफुड जस्तै बनेको छ एकै हप्तामा लभ परेर सबै कुरा पुरा भएर ब्रेकअप भइसक्छ ।

जरुर, एक युवा र युवतीबीच हुने स्वभाविक आकर्षणलाई हामी प्रेम भन्छौं । यस्तो आकर्षण आँखाबाट पैदा हुन्छ । त्यही आकर्षणले दुबैको मन र मुटुलाई एकाकार गराउँछ । अब बल्ल उनीहरुमा प्रेम प्रकट हुन्छ ।

केवल शारीरिक आकर्षण र वासनाले हामी कसैलाई मन पराउँछौं । उसको पछि लाग्छौं । डेटिङ जान्छौं । र, शारीरिक भोक मेटाउँछौं । त्यसपछि ? त्यसपछि हाम्रो प्रेम, प्रेम रहदैन । लभ-रोमान्स र ब्रेकअप

दुई विपरितलिंगबीच हुने स्वभाविक आकर्षण र त्यसपछि अंकुराउने प्रेम नै आज प्रेमको भाषा बनेको छ । तर, अहिलेको पुस्ताको प्रेम शरीरबाट भित्र प्रवेश गर्न सक्दैन । अर्थात उनीहरुको प्रेमले मनमा स्पर्श गदर्ैैनन् । प्रेममा उनीहरु पग्लदैनन् । बरु बहकिन्छन् । आज हामी प्रेम गर्ने कुरा गर्छौं । हाम्रो प्रेम मनमा होइन, आँखामा झल्कन्छ । त्यसैले प्रेममा हाम्रो भावना भन्दा बढी इन्द्रिय चल्छ ।

आज हामी प्रेमका कुरा गर्छौं, तर मनमा प्रेम-भाव पैदा भएकै हुँदैन । केवल शारीरिक आकर्षण र वासनाले हामीलाई प्रेमको नाटक गर्न उकास्छ । यही कारण हामी कसैलाई मन पराउँछौं । उसको पछि लाग्छौं । डेटिङ जान्छौं । र, शारीरिक भोक मेटाउँछौं । त्यसपछि ? त्यसपछि हाम्रो प्रेम, प्रेम रहदैन । लभ-रोमान्स र ब्रेकअप । यही चक्रमा घुमिरहेको छ आजको युवा पुस्ताको प्रेम ।

आज यही फास्टफुड लभले पश्चिमी देशहरूमा पारिवारिक विघटनको उत्कर्ष रुप देख्न सकिन्छ । त्यसैले मानिसको मानिससँग भन्दा घरपालुवा जनावर (pet) हरूसँग सामिप्यता बढी देख्‍न पाइन्छ। मानिसहरूमा आफ्नो स्वार्थअनुसारको प्रेमयोग्य वस्तु फेला पर्ने बित्तिकै आफ्नो परिवारलाई चटक्क छाडिदिने प्रवृत्ति हुन्छ, तर जनावरहरू त्यस्तो स्वार्थी नभएकोले हो कि? जेसुकै रूपमा होस् र जे जेको बीचमा रहेको किन नहोस्, प्रेमको मूल तत्व भने पक्कै पनि एउटै हुनुपर्छ। आजको हाम्रो फास्ट फुड लभले भोलि विकराल समस्या ल्याउने निश्चित छ त्यसैले युवा पुस्ता संयमित बन्न जरुरी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *