लुट्नेले गित नै लुटे

-सबिन खड्का 

हिड्न नसक्नेको खुट्टालुटे ,
देख्न नसक्नेको आँखा लुटे !
बोल्न नसक्नेको आवाज लुटे
लेख्न नसक्नेको भावना लुटे
के सम्म बाकी राखेर ,
लुटे भनेर गाएको गितनै पो लुटे !!!!

आफ्नै बाउले आफ्नै छोरिको अस्मिता लुट्यो
सामाजिक पढाउने टिचरले ,
आफ्नै विद्यार्थीको इज्जत लुट्यो !
बोक्सीको आरोपमा ,
पिसाब खुवाएर एक महिलाको अस्तित्व लुटे
आफ्नै श्रीमानलाइ दाइजोले लुट्यो
रजस्वलाको रगत छाउगोड्ले लुट्यो
उनको जवानी ठमेलले लुट्यो
आफ्नै छोराको बाउको नाम ,
बैमान प्रेमिले लुट्यो !
बिदेश बाट फर्किदा ,
आफ्नै श्रीमति नियतिले लुट्यो ,
ल्याएको रक्सीपनि बिमानस्थलले लुट्यो !!
बा र आमा युद्धले लुट्यो ,
हात र खुट्टा आन्दोलनले लुट्यो !
बिरेन्द्र र मदन भण्डारीलाई पनि ,
छोडेन षड्यन्त्रले लुट्यो !
वाइडबडि र सुनकाण्ड्ले ,
राज्यको भकारी लुट्यो !
जात र बर्गले धेरै प्रेमहरु लुटे !
सिटामोलको अभावले ,
जिन्दगीनै लुट्यो !!!

साहुनीको जवानि आधा होटेलले लुट्यो ,
आधा रक्सीको बोतलले लुट्यो !
बहुमुल्य जडिबुटीहरु असिना र पानीले लुटे !
हिमालको हिउँ पनि क्लाइमेट चेन्जले लुट्यो
फि तिर्न नसकेपछी ,
पढ्ने सपना स्कुल कलेजले नै लुट्यो !
बिल तिर्न नसकेपछी ,
बाच्ने आसा हस्पिटलले नै लुट्यो !
बिदेशजाने सपना दलालले लुट्यो ,
रातो लालपुर्जा लिने सपना माफियाले लुट्यो !!!

मन्दिर भित्रको मुर्ति लुटे ,
मन भित्रको भगवान लुटे!!!

युबाहरुको आँसु पसिना खाडिले लुट्यो
लुटिन त यहाँ को नै पो बाकी छ र !!!
बाकी भएकाहरुको पनि ,
केही थान सपना बेरोजगारि ले लुट्यो
केही थान सपना सरकारी कर्मचारी ले लुट्यो
केही आफ्नै कमजोर आनिबानीले लुटे
देशको सिमाना पानी र जवानी भारतिय ले लुटे
देशको स्वाभिमान नाकाबन्दीले लुट्यो !!

राजनिती ले नै नीति लुट्यो
आलोचकहरु ले नै आलोचना लुटे
पत्रकारले नै समाचार लुटे
कबिहरु ले कबिता लुटे
लेखकहरु ले बिचार लुटे
कलाकारहरु ले सहयोग लुटे
अदालतले नै कानुन लुट्यो
अख्तियारलेनै अख्तियारी लुट्यो
कम्युनिस्टहरुले नै कम्युनिजमलाई लुटे
काङ्ग्रेसिहरु ले नै प्रजातन्त्रलाई लुटे ।

लुटिनबाकि केही जिबनहरु पनि ,
कच्ची सडकले लुटे
निर्दयी ट्रक ड्राइभरले लुटे
केही त्रिशुलिको पानीले लुट्यो !!

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *