उत्सब हो जनयुद्ध

   -सबिन खड्का 

म मर्न पनि सक्छु आमा
यो देशको परिबर्तनको खातिर
म मरे भने सहिद भयो भन्नू गर्व गर्नु
आँसु कहिल्यै नबगाउनु
बरु मेरो नाबालक छोरालाई हुर्काइदिनु भन्दै
मृत्युपत्रमा हस्ताक्षर गरि
घर छोड्ने अनि बन्दुक जोड्ने
कम्रेडहरुको उत्सब हो जनयुद्द ।

आफ्नी जवान श्रीमतीलाई ,
यो अन्तिम अंगालो पनि हुन सक्छ हाम्रो !
म मरे भने सिन्धुर न बोक्नु बारुद बोक्नु भनि
बिदाइ हुने कम्रेडहरुको उत्सब हो जनयुद्ध ।

यो टीका अन्तिम टीका पनि हुन सक्छ बैनी ,
म मरे भने मखमली नटिप्नु
ग्रीनेट टिप्नु ,
यो अन्तिम धेउशीभैलो पनि हुनसक्छ दाइभाइ
म मरे भने
माद्ल नबजाउनु
बम पड्काउनु
भनी बिदाइहुने कम्रेडहरुको उत्सब हो जनयुद्ध ।

मार्ने लाइन लगाएर
आत्मसमर्पण गर अनि बाच्छ्स भन्दा
जनयुद्ध जिन्दावाद -मलाई गोलि ठोक भन्दै
हासिहासी बलिदान दिने
कम्रेडहरु को उत्सब हो जनयुद्ध ।

मार्नु त सायद युद्द्को बाध्यता थियो ,
मान्छेहरु हिसाब खोज्ने गर्छ्न के पाए र गुमाए
कमान्डर ले युद्धमा मर्न जान नदिदा
आँसु गुमाउनेहरु को उत्सब हो जनयुद्ध ।

हिटरमा पिसाब फेर्नेहरु
जिउँदै माटोमा पुरिनेहरु
आमाबाबु गुमाउनेहरु
हातखुट्टा चुडाउनेहरु
कि सास कि लास भनी कुरिरहेका
बेपत्ताका परिवारहरुको उत्सब हो जनयुद्ध ।

न पाउनु थियो न गुमाउनु थियो
एउटै मात्रै थियो लक्ष्य
कि मुक्ति थियो कि मृत्यु थियो
सहयोद्दालाइ ताकेको गोलि आफ्नो छातिमा थाप्दै ,
हासिहासी बलिदानी दिने
कम्रेडहरुको उत्सब हो जनयुद्ध ।

कम्रेडहरुको रगतको मसिले लेखिएको
संघीय लोकतान्त्रिक गणतन्त्रनेपालको
संविधानको जग हो जनयुद्ध ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *