विवेकशील साझा बिभाजन, उज्ज्वल थापाले दर्ता गरे नयाँ पार्टी

काठमाडौं – विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का…

यमनमा विमान आक्रमणमा परि ६ सैनिकको मृत्यु

यमन– यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरूले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परि सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ। सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ। अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका…

नेविसंघका ७ पदाधिकारीले दिए सामुहिक राजीनामा

काठमाडौं– तोकिएको समयमा १२औं महाधिवेशन नहुने निश्चित भएपछि नेपाल विद्यार्थी संघ संस्थापन समूहका सात पदाधिकारीले राजीनामा दिएका छन्। विधानतः संघको अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने भएपनि ७ पदाधिकारीले पार्टी सभापतिलाई राजीनामा बुझाएका छन्। अध्यक्ष नैनसिंह महर नजिक रहेका ७ जनाले राजीनामा दिएका हुन्। पार्टी सभापति…

विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको छु : गोपाल खड्का

काठमाडौ – भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् । भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूलाई १ करोडभन्दा…

पृथ्वीनारायण शाहको सालिकमुनि राष्ट्रपतिलाई सलामी (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । सिंहदरबार मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी भएकी हुन् । सो अवसरमा उनले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा…

काठमाडौंमा चिसोका कारण दैनिक ६ जनाको मृत्यु

काठमाडौं – काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै…

सुडानमा पाउरोटीको मुल्यवृद्धि विरोधमा भएको आन्दोलनमा २२ जनाको मृत्यु

काठमाडौं – सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।  सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै…