विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको छु : गोपाल खड्का

काठमाडौ – भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको बताएका छन् ।

भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसनधान आयोगले लिएको बयानमा खड्काले विभिन्न व्यक्तिहरूलाई १ करोडभन्दा बढी चन्दा दिएको बताएका हुन् ।

खड्काले अख्तियारलाई दिएको बयानमा आफूले जोडेको सम्पत्ति, लुकाएको सम्पत्ति र आयआर्जनको सम्पूर्ण फेहरिस्त पेश गरेका छन् ।

त्यसबाहेक आफूले अमिता लामाको नाममा सम्पत्ति जोडेको पनि स्वीकार गरेका छन् ।

खड्काले अख्त्यिारलाई दिएको बयानमा आफूले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सबैभन्दा धेरै सहयोग गरेको बताएका छन् । खड्काको बयानअनुसार उनले सानिमा बैंकमा रहेको खाता नम्बर ००१०००९६३०५१२ बाट अम्बिका चन्दलाई १८ लाख ९९ हजार, हेमन्तप्रकाश ओली सुदर्शनलाई ९ लाख ९९ हजार, प्रकाशराज देवकोटालाई ८ लाख ५० हजार र दीपेन्द्र खड्कालाई ९ लाख चन्दा दिएका छन् ।

खड्काले अख्तियारमा दिएको बयानमा आफूले ऋषि धमलालाई पनि चन्दा दिएको बताएका छन् । विभिन्न कार्यक्रम र प्रचारप्रसारका लागि आफूले धमलालाई उक्त चन्दा/सहयोग दिएको खड्काले स्पष्टीकरण दिएका छन् । खड्काले नविल बैंकको १७१००१७५०४८६२ नम्बरको खाताबाट पत्रकार ऋषि धमलालाई चन्दा दिएका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *