नेविसंघका ७ पदाधिकारीले दिए सामुहिक राजीनामा

काठमाडौं– तोकिएको समयमा १२औं महाधिवेशन नहुने निश्चित भएपछि नेपाल विद्यार्थी संघ संस्थापन समूहका सात पदाधिकारीले राजीनामा दिएका छन्।

विधानतः संघको अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने भएपनि ७ पदाधिकारीले पार्टी सभापतिलाई राजीनामा बुझाएका छन्। अध्यक्ष नैनसिंह महर नजिक रहेका ७ जनाले राजीनामा दिएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवालाई सामूहिक राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी छन्। महामन्त्री सरोजकुमार थापाले पनि राजीनामा दिएका छन्। सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले पनि राजीनामा बुझाएका छन्।

निर्वाचित कार्य समितिको कार्यकाल पटक–पटक थपिँदा पनि १२औं महाधिवेशन हुन नसकेकाले राजीनामा दिएको उनले बताए। संघको महाधिवेशनको लागि शनिबार (पुस २८) देखि ३ दिनका लागि मिति तोकिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *