पृथ्वीनारायण शाहको सालिकमुनि राष्ट्रपतिलाई सलामी (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । सिंहदरबार मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी भएकी हुन् । सो अवसरमा उनले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन् ।

हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाइँदै आएको छ । सरकारले यस दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ । शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारी तहबाटै मनाइन्थ्यो । राष्ट्रपति सहभागी भएको आजको कार्यक्रम भने सरकारले नै आयोजना गरेको हो । आज बिहान आयोजित प्रभातफेरीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा  सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका थिए ।

प्रज्ञा भवनबाट अघि बढेको प्रभातफेरी सिंहदरवारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर समापन भएको थियो ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *