चिनले राख्यो भारतीय सिमानामा मोबाइल होवित्जर तोप

काठमाडौ – चीनले भारतसँग सीमा जोडिएको तिब्बतमा मोबाइल होवित्जर तोप राखेको छ ।

चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार भारतसँगको सीमामा रहेका आफ्ना सैनिकको युद्ध क्षमता सुधार्न होवित्जर तोपका गाडी राखिएको हो ।

चिनियाँ जनमुक्ति सेना(पीएलए)ले पनि एक विज्ञप्ति जारी गर्दै यी युद्धपोतहरु तिब्बत मिलिटरी कमाण्डले प्रयोग गर्नेछ । यो तोप एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने पीएलएले जनाएको छ ।

चिनियाँ सीमामा अझै पनि विवाद रहेको र विभिन्न चरमपन्थी समूहसँग सामना गर्न आफ्नो युद्ध क्षमता बढाएको पीएलएले जनाएको छ । चीनले भारतसँगको सीमा क्षेत्रमा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरु राखेको छ ।

सीमा विवादकै कारण विभिन्न समयमा भारत–चीनबीच कुटनीतिक समस्या आउने गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *