चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

काठमाडौ – फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो । ‘उहाँलाई डिपोर्ट निर्णय गरेका छौं’ अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले भनिन्– ‘१० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।’

उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।

कतार एयरवेजको साँझ ६ बजेको क्यूआर–६४७ उडान मार्फत उनलाई स्वदेश फिर्ता गरिएको छ । दोहामा शोभराजको ट्रान्जिट हुनेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *