अर्जेन्टिनी गोलकिपर मार्टिनेजको फेरि अर्को हर्कत

काठमाडौं – अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले विजयोत्सवमा पुनः एकपटक नयाँ हर्कत गरेका छन् । च्याम्पियन लेखिएको बसमा सवार मार्टिनेजले विश्वकपको उपविजेता टोली फ्रान्सका केलियन एम्बाप्पेलाई इंगित गर्दै असभ्य क्रियाकलाप गरेका छन् ।

गोलरक्षक मार्टिनेजले बायाँ हातमा एम्बाप्पेको सानो गुडिया बनाएर बोकेका थिए । उनले गुडियाको अनुहारमा एम्बापेको अनुहार टाँसेका थिए । गोलरक्षक मार्टिनेजले एम्बाप्पेलाई आफ्नो अगाडि सानो बच्चा नै रहेको जनाउन कोसिस गरेको मिडियाहरूले जनाएका छन् ।

फुटबलविज्ञ र विश्लेषकहरूले मार्टिनेजद्वारा स्पोट्र्सम्यानसिप नदेखाएको आरोप लगाएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *