बाटो मोडेपछी

राजेश दुलाल

आठ घन्टा पछि भर्खरै इमो मा आएको थिएँ । रातको दश बजेको थियो मोबाइलमा । निद्रा परेको थिएन । उनि कृसमस पार्टीको लागी तयार हुदै थिइन । इनेसले घरमा आउने पाहुना को लिस्ट नै तयार पारेकि छिन । हेर्नु न कति धेरै नाम छ । सबैलाइ उपहार नि दिनुपर्छ ।

आज ओरेन्ज कलरको टप्स लगाउछु । एक्छिन पर्खनु ल म लगाएर फोटो सेन्ट गर्छु । मैले हुन्छ भन्ने भाब अनुहार बाटै दिए । करिब पन्ध्रमिनेट पछि स्त्रीनमा आइन ।

गुलाबी कलरको लिबिस्टिक , ओरेन्ज टप्स ब्लाक जिन्स र सिल्की कपाल निकै बिउटिफुल । स्क्रिनभित्रबाट फुत्त तानेर अङालोमा कसेर राखौजस्तो लाग्यो ।

पार्टीमा नौलो पहिरन मेरै हुन्छ होला । कत्ती जिस्काउने हो नुनुले । तल पार्टी सुरु भए जस्तो छ । केहि फोटो सेन्ट गर्देको छु । मेरो फेसबुकमा पोस्ट गर्दिनु ल ! प्लिज यो पटक नाइ नभन्नु ल । निकै अबेर भैसक्यो सुत्नु ल । म गए । डिस्कनेक्ट भयो इमो ।
म फोटो रोज्नै जान्दिन । जुन देखे नि उस्तै उस्तै लाग्छ ।

उनि फुल जस्तै थिइन । उनि हिमाल जस्तै थिएन । उनि मलाई तारा जस्तै लाग्छ । अध्यारो पन्छाउदै उज्यालो छर्ने जुन जस्तै लाग्छ ।

– “भन्छु आज मनका कुरा सुन्छौ भने तिमी
जुनि जुनि सम्म मेरै हुन्छौ भने तिमी । “यो गित को मिठो लाइन क्यापसन राख्दै मध्यरातम फोटो पोस्ट गरे । दिन भरी बाहिर धेरै हिडेको थिए । थकित थिए । चिसो पनि निकै बढेको छ । उनको फोटो हेर्दै बसे । कन्भरसेसन पढ्दै बसे ।

पुषको चिसो ठन्डी गुम्बा डाँडामा मुसलधारे पानी परिरहेछ । बाक्लो हिउँपात भैरहेछ । म न्यानो खोज्दै थिए । घर खोज्दै हिडेको थिए । शरीरमा न्यानो चाहिएको थियो । म उम्किनै सकिन । म लुगलुग कापिरहे । झल्यास बिउझेछु । घडी हेरे तिन बजेको रहेछ । कस्तो उकुसमुकुस भएको । एक ग्लास तातो पानी पिउन मन लाग्यो । फेरि जागर नै चलेन । फेरि पल्टिए । मोबाइल छातिमै टासिएर निदाएछु।

मोबाइल हेर्न मन लाग्यो । यहि न छ प्यारो चिज । उनि छिन र प्यारो छ । उनिसंग गफ हुन्छ र प्यारो छ । वाइफाइ अन गरे । सरि प्यारा गल्ती गरे । म बाट गल्ती भयो । मात्रै यस्तै मेसेज थुप्रै पटक आयो ।
-के भयो र सानु ?
हेर्नु न मेसेज । मेरो मेसेन्जर खोलेर।
होस , बिहान हेर्छु नि ।
सरि प्यारा ! हेर्नु न ।
ओके ! ओइट है । खै के छ र ।
नयाँ एउटा  कन्भरसेसन थियोे ।   च्याट  एसरि सुरु हुन्क्छ :

–  भन्देउ न छिटो  ,प्लिज भन्देउ न।
– कस्तो काम लगाउनुहुन्छ ।
– आधा रात बितिसक्यो । थान्क्स ।

-जि एफ संग झगडा भएपछी बित्छ त । उसले प्रसंग बदल्यो । खाजा खायौं ।
– उम खाइसके ।
कार्ड आयो त ?
– छैन ।
छिट्टो आउ नेपाल ।
– उम आउछु कार्ड आएपछी । केहि फन्नी यसमेस पछि उसले सोध्यो । इन्स्टामा  कमेन्ट कसरी डिलिट गर्ने । एए जाने जाने । तिम्रो बाबा मम्मी कता हुनुहुन्छ ?
– घरमै हुनुहुन्छ ।
पोखरा कि कता?
– नाइ मेरो घर पोखरा होइन नि । तनहुँ हो ।
गफ हो तिम्रो । अनि कृसमस कस्तो भयो ?
– रमाइलो तिनटा गिफ्ट आको छ ।
मेरो छुट्यो है ?
– उम आउनु न छिट्टो ।
सुन न तिम्री र मेरो    कन्भरसेसन   एड युओर्स डे मा राके नि ।
– खोइ ?
उसले स्क्रिन सर्ट सेन्ट गर्यो । जसमा लेखियको थियो ।
– बुझाउनु न ।

थाहा छ त तपाईं लाइ मलाइ डाइरेक्ट भन्नु पर्छ नत्र बुझ्दिन।
अब उसको पालो थियो बोल्ने आइ लभ यु !!!

कहाँ कहिले को च्याट्को स्क्रिन सर्ट थाहा भएन । सेकेन्डमै छाती आगोजस्तै भयो , पोलिरहने । काँडाजस्तै भयो , बिझाइरहने

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *