तिमी हिँडेदेखि

  • राजेश दुलाल

सुन्नु न ! ३ दिनको लागी अल्काप जानु पर्ने भयो । के गरौ ? छिट्टै डिसिजन दिनु ल । बिहान को ४ बजेको हुनुपर्छ । मेसेस को टिङ्टिङ रिङले मेरो आँखा बिस्तार खुल्छ । मंसिर अन्तिम काठमाडौमा चिसो ह्वात्तै बढेको छ ।

गुलाबी कलरको लिबिस्टिक लगाएकी थिइन। दुख जति सबै बिर्सिएर हासिरहेको जुगल हिमाल जस्तै थिइन। बनै भरी उमंग छरेर फुलेको लालिगुरास जस्तै थिइन ।

बेड को कुनामा रहेको मोबाइल आफु तिर तान्दै इमो हेरे । भिडियो कल गर्न मन लाग्यो । कल गरौ निद्रा बिग्रने होला । नगरौ मन नै कस्तो कस्तो भयो । हेर्न मन लाग्यो । एक घन्टा नबोल्दा त बर्ष दिन लाग्छ । अब तिन दिन कसरी बिताउने । चिर्चिर पसिना नै बग्ला जस्तै भयो । सक्दै सकिन र भिडियो कल गरे । गुलाबी कलरको लिबिस्टिक लगाएकी थिइन। दुख जति सबै बिर्सिएर हासिरहेको जुगल हिमाल जस्तै थिइन। बनै भरी उमंग छरेर फुलेको लालिगुरास जस्तै थिइन ।

अल्काप मा नेट हुदैन होला । नेट सिम पनि किन्न पाएको छैन । इनेस लाइ छिट्टै इमेल गर्नु पर्नेछ । मात्रै म तपाइको पर्खाइमा छु । कि त म घर मै बस्नु पर्छ कि जानु पर्छ । घर मा कलर लगाउन कामदार आउछ्न रे । उनि ससाना काम गर्दै मसित बोलिरहीन ।

जिन्दगी को सबै डिसिजनको हकदार मलाइ बनाएकि थिइन। नाइ भन्न धेरै मन थियो । लिस्बोनमा काम इनेस ले नै दिएकी छ । उनको रसिला आँखामा हेर्दै हुन्छ जाउ भने । लगत्तै इनेसलाइ इमेल गरिन म जान मन्जुर छु ।

डिसेम्बर 14 ! नेपाल आइडल को अस्मिता अधिकारि को बिग फ्यान । युयस डि १० किन्छु पाँच सय भोट गर्नुमिल्ने रहेछ । अल्काप मा नेट हुदैन । रेस्पेक्ट एन्ड राइज एप्लिकेसन बाट नि भोट गरिहाल्छु । एक आइडी बाट पचास भोट गर्न मिल्ने मेरो दुइ र हजुरको एक आइडी बाट एक सय पचास भोट अस्मिता लाइ गर्छु अनि बोल्छु ल ।
ए ! साच्ची सरिता लाइ नि भोट हाल भन्छु । सेट फोन मा फोन गर्दै हतारिदै हेल्लो तिम्ले भोट गरेउ ?
-मोबाइलमा स्पेस नै छैन यार ।
– एउटा एप्लिकेसन डिलिट गर न प्लिज ।

उनको प्रस्ताव सरिता ले सजिलै स्विकार गरिन । सरिता र सुजाता उनको मिल्ने साथी हुन । उनिहरु नजिक बाट भावना साट्ने चौतारी बनेका छ्न  । “काठमाडौमा जर्मन ल्याङ्वेज पढ्दा देखि जर्मनी मा बस्दा होस या लिस्बोन मा उतिकै न्यानो सम्बन्ध छ । सरिता बारे उनले भनिन । ”

तिन बजे क्लिनिक जाने रे ।
– किन नि ?
– हैट कस्तो बिर्सनु भएको दाँत को क्याबिटिजले दुखेको बिर्सनु भो ? अनि क्लिनिक बाट सिधै उता जाने रे । झोला मा सामान मिलाउनु पर्यो । बच्चाको सामान छुट्यो भने टेन्सन हुन्छ ।

लिस्बोन भन्दा पाँच घन्टा छिटो छ काठमाडौको समय । म जान्छु नि ल , मिस यु ।त्यसपछी अफलाइन देखायो ।

निस्केउ ? राम्रो संग जाउ ल आफ्नो ख्याल गर ल ?

लगत्तै अर्को मेसेज आयो। अलिकती वइट गर्ने रे प्यारा । भिडियो कल गर्छु ।साउण्ड अफ गर्नु ल म अनुहार हेर्छु।

बिहान दहि खाए देखी केहि खाएको छैन । छिट्टै आउनु न आफ्नो फ्ल्याट हुन्छ । के खाने के गर्ने सबै मिल्छ । आफ्नै सुर हुन्छ ।

“प्रिय् राजा ! लिस्बोन बाट अल्काप पुग्न तिन घन्टा लाग्छ । चिसो हावाको वेग छिचोल्दै अल्काप तिर कार तीब्र गतिमा हुइकिरहेछ। पोर्तुगिस ल्याङ्वेज मा नुनु र इनेज गफिदै छ्न । बच्चाहरु मार्लेना ,मानुयल आफ्नै सुर मा छ्न । ति सबै शन्यू लागिरहेछ

– म छिट्टै चाहान्छु नि सानु नजिक हुन ।
-के छ प्यारा तपाइँमा त्यस्तो ?
– थाहा छैन सानु के छ । मात्रै माया गर्ने मुटु छ । तिमि पनि धेरै केयर गर्छौ माया गर्छौ नि ।
म तपाइँ संग झगडा हुदा नि धेरै बेर रिसाउनै सक्दिन ?
मेरो रिस भित्र नि माया हुन्छ सानु । उम धेरै नै मुटु । कहिले मुटु कहिले काले यस्तै यस्तै गरि बोलाउछिन ।
म गको ल मुटु । घर मा दुइटा बस छ तर अर्को रेन्ट्मा लिएछ्न । अफलाइन मेसेज छाड्नु म बिचमा नेट सिम किन्छु , अल्काप पुगेर रेप्ले गर्छु ।

बिस मिनेट पछि एउटा मेसेजआयो । मेसेजमा लेखिएको थियो ।
“प्रिय् राजा ! लिस्बोन बाट अल्काप पुग्न तिन घन्टा लाग्छ । चिसो हावाको वेग छिचोल्दै अल्काप तिर कार तीब्र गतिमा हुइकिरहेछ। पोर्तुगिस ल्याङ्वेज मा नुनु र इनेज गफिदै छ्न । बच्चाहरु मार्लेना ,मानुयल आफ्नै सुर मा छ्न । ति सबै शन्यू लागिरहेछ । म भने झ्याल बाट पर पर हेर्छु । बादल हरु भिन्न आकार प्रकारमा उडिरहेछ्न । निलो समुन्द्र आफ्नै लय मा बगिरहेछ । फुत्त आँखै अगाडी आइदिए नि हुने । काठमाडौमा जादुगर ले देखाएको जादु सम्झिए । कतै त्यो जादुगर भेटे उडाएर ल्याइदिनु न भन्थे । हाए ! मन पनि के के पो सोच्छ । प्रिय ! माया अब म सक्तिन । म छिट्टै संगै हुन चाहन्छु । म धेरै चाहान्छु । मिस यु ।”………( क्ररमशः)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *