सिडी विजय अधिकारी भए पहिलो ‘दि भ्वाइस अफ नेपाल’

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्टबाट हुन् ।

नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *