आरोही

                                                           -समिर गिरी

२०७२ बैशाख १२ गते शनिबार अघिपछि भन्दा मौसम अलि भिन्न थियो बैशाखको दिन तर आकाश बादलले ढाकेको थियो म खाना खाएर पुर्वनिधारित योजना अनुसार साथीहरू सँग चोभारका लागी निस्किदै थिए एक्कासि दराजको माथिल्लो भागमा राखिएको फोटो फ्रेम भुँइमा खसेर सिसा फुट्यो त्यसलाई मिलाउन अघि बढ्न खोज्दा बिस्तारै घर नै हल्लिएको महशुस भयो एक्कासि वरपर आइमाई केटाकेटी हरुको कोलाहल मच्चिन थाल्यो । म बाँकी कुराको पर्वाह नगरी दुइ तला माथिबाट बल्लतल्ल बाहिर चौरमा आइपुगे बादलले ढाकेको काठमाडौंको आकाशमा धुलोको मुस्लो उड्न थाल्यो एकातिर धुलोले सास फेर्न मुस्किल भइरहेको थियो अर्कोतिर कोलाहल । तरंग केही कम भएपछि बल्ल मस्तिष्कमा घरको सम्झना आयो हत्तपत्त फोन गरे फोन सम्पर्क हुन सकेन त्यसपछिको डेढ घण्टा कति छट्पटीमा बित्यो त्यो भन्न् गाह्रो छ डेढ घण्टाको बीचमा झन्डै पचास पटक सम्पर्क गर्दा पनि फोन लागिरहेको थिएन डेढ घण्टा पछि बल्ल घरबाट फोन आयो ।

फोन उठाउन साथ कहाँ छस, के गर्दै छस, तलाइ केही त भएको त छैन नि, अलि खुल्ला ठाउँमा बस ममिले एकै स्वासमा सोधिसक्नु भो म ठिक थिए घरमा बुवा घाइते हुनु भएको थियो अरुलाइ त्यस्तो केहि भएको थिएन ज्यान जोगिएकोमा नै मन ढुक्क थियो बाँकी भौतिक क्षतिको बारेमा सोध्न जरुरी लागेन ।म तत्काल हिडेर घर गए । भोलिपल्ट यातायातका साधन केही चलेका थिएनन् बुवालाई बल्लतल्ल ल्याएर शिक्षण अस्पताल महाराजगंज आकस्मिक कक्षको बेड नंम्बर ३३ मा भर्ना गरियो ।

हस्पिटल भर्ना गरेको दोस्रो दिन त्यस्तो जटिल चोटपटक केही नदेखिएकाले बुबालाई ओ.पि.डी. कक्षमा सारियो । तर कति दिन बस्नुपर्ने थाहा थिएन तर हस्पिटलमा सबै बिरामी नै हुनेभएकाले सबैको दुख मिल्ने, अरुको हेरेर भएनी आफुलाइ मात्रै होइन भन्ने एउटा मन बुझाउने बाटो हुने । बेला–बेलामा डक्टर र नर्सहरु चेकजाँच गर्न आइरहन्थे । विचरा नर्सहरु एउटा बिरामीलाई जाँच्न पाएको छैन अर्को कुनाबाट अर्को बिरामी चिच्याउँछ कसको चाहिँ हेरचाह गर्नु ।,

बोलचाल मात्रै होइन अब हामी एक-अर्कामा परिचीत पनि भएका थियौ यति भइसकेपछी एउटा केटालाई मनको लड्डु घ्यु सँग खानबाट कसले रोक्न सक्थ्यो ?

हस्पिटल बसाइँ कै क्रममा बुबाको स्वास्थ्य स्थिति, चाहिने औषधि आदिको बारेमा सोधपुछ गर्दागर्दै एउटी नर्स सँग कुराकानीको शिलशिला बढ्न थालेको थियो । गोरो बाटुलो मुहार, मुहार सुहाउँदो जिउडाल अनि मिलेका दन्ते लहर ऊ प्राय मुस्कुराइरहेकी हुन्थी । म अनभिज्ञ थिए उ बिरामिहरुको आत्मबल बढाउन मन नलागी नलागी मुस्कुराउँथी या साँच्चिकै । बिस्तारै परिचयपछि थाहा पाएको थिए नाम आरोही रेग्मी घर पोखरा, बोलचाल मात्रै होइन अब हामी एक-अर्कामा परिचीत पनि भएका थियौ यति भइसकेपछी एउटा केटालाई मनको लड्डु घ्यु सँग खानबाट कसले रोक्न सक्थ्यो ? मेरो मनमा भित्रभित्रै खिचडी पाक्न थाल्यो । म उसँग विस्तारै कुराकानी गर्न थालेको थिए उ पनि विस्तारै मसँग खुलेर बोल्ने भएकी थिई ।

म निराश भएर बुबाको वेड छेउमा घोत्लिएर बसिरहँदा उ बर्षौ देखिको परिचित झै आएर सम्झाउथी सहानुभूती प्रकट गर्थी । उसँग चिनजान भएको सातौ दिन उसको नाइट ड्युटी रहेछ म बुबालाई औषधि खुवाएर बसिरहेको थिए, बिरामी कुरुवाहरु पनि प्रायः भुइँमा कार्पेट ओछ्याएर पल्टिसकेका थिए करिब बेलुकीको ११ बजेको थियो नाइट ड्युटी पर्नेहरु पालो गरेर सुत्ने रहेछन् उसका सबै साथीहरू सुतिरहेका थिए उ आइ ३ जना बिरामीको स्लाइनको बोतल रित्तिएको थियो फेरिदिइ अनि बुबाको बेडमा आइ बुबा निदाउनु भएको थ्यो म नसुतेको देखेर सोधी सुत्नु पर्दैन ? मैले निद्रा नलागेको बताएपछि उ पनि त्यही नजिकैको कुर्सीमा बसि अनि मेरो बारेमा थप कुराहरू सोध्न थाली मैले उसको बारेमा सोधे। उ छोटो समयमै यति आत्मिय र खास लाग्न थालेकी थिई । म पहिलोपटक कुनै केटीसँग यतिधेरै नजिकीएको थिए उसँग भेटेको १५ दिनमा नै बर्षाैदेखिको सम्बन्ध जस्तो आभाष हुन थालेको थियो ।

म निराश भएर बसेको देखेर एकदिन उसले कफिको लागी बाहिर जाउँ भनी आफुले भन्नुपर्ने कुरा उसले भनिरहेकि थिइ, बुबाको स्वास्थ्यमा राम्रो सुधार भैसकेको थियो त्यसैले म उसको पछिपछि लागे केहि कप कफि र केहिबेरको कुराकानी पछि उ घरतिर लागि म बुवाको लागि फलफुल र औषधि लिएर बुवाको वेडतिर ।

हस्पिटल आउँदा बुवा विरामी हुनुहुन्थ्यो फर्किदा म विरामी भएको थिए मनको विरामी । जसको उपचार आरोही बाहेक विश्वका कुनै डाक्टर र नर्सहरुबाट सम्भव थिएन ।

यसरी एकातिर दिनप्रतिदिन आरोहीसँगको सम्बन्ध गहिरिदै गइरहेको थियो भने अर्कोतिर बुबाको स्वास्थ्यमा सुधार आइरहेकोले डिस्चार्ज हुने दिन नजिकिदै थियो यतिकैमा हस्पिटल भर्ना भएको २२ औँ दिन बुवाको डिस्चार्ज भयो । तर म खुसी थिइन । हस्पिटल आउँदा बुवा विरामी हुनुहुन्थ्यो फर्किदा म विरामी भएको थिए मनको विरामी । जसको उपचार आरोही बाहेक विश्वका कुनै डाक्टर र नर्सहरुबाट सम्भव थिएन ।

म हस्पिटलबाट बुवालाई लिएर निस्के आरोही एकोहोरो हेरिरहेकी थिई ऊ केही बोलीहरेकी थिइन तर उसका आँखाहरुले सबैकुरा भनिरहेको आभाष हुन्थ्यो । बुवालाई हस्पिटलबाट डिस्चार्ज गर्नेबेला उसको नम्बर र फुसबुक आइडी सम्म माग्न भ्याएको थिए त्यसले त्यसपछिका दिनहरूमा झन् नजिकिन मद्दत पुग्यो ।

बुबालाई डिस्चार्ज गरेपछि हामी झन् फोन र च्याटमा कुरा गर्न थालेका थियौ । भेटघाट पनि बाक्लिन थालेको थियो ऊ फोनमा कुरा गर्दा र भेटदा सबैभन्दा पहिले बुवाको स्वास्थको बारेमा सोध्ने गर्थी त्यो सोधाई एउटा नर्सले आफ्नो बिरामीका बारेमा सोधेको भन्दा केहि फरक एउटा नजिकको आफन्तको बारेमा सोधेजस्तो लाग्थ्यो।

ओसियन क्याफे ठमेल दिउँसो दुई बजे म क्याफेमा पुग्दा उ अगाडी नै आइपुगेकी थिइ कालो लङ्कोट कालै जिन्स अनि गुलावी कलरको मफ्लर साँच्चै मन जति सुन्दर थियो शरिर बाहिर बाट पनि उतिकै सुन्दर थिइ

आरोही सँगको चिनजान करिब ६ महिना कटिसकेको थियो काठमाडौंमा जाडोले कब्जा जमाइसकेको थियो । एकदिन एकाविहानै मोवाइलको रिङटोन बज्यो “यो देशमा अर्को एउटा बुद्ध पठाइदेउ” फोन आरोहीले गरेको थिइ फोन उठाए भेट्न बोलाई ओसियन क्याफे ठमेल दिउँसो दुई बजे म क्याफेमा पुग्दा उ अगाडी नै आइपुगेकी थिइ कालो लङ्कोट कालै जिन्स अनि गुलावी कलरको मफ्लर साँच्चै मन जति सुन्दर थियो शरिर बाहिर बाट पनि उतिकै सुन्दर थिइ यसरी कहिले कता कहिले कता भेट्ने क्रम बाक्लिदै थियो ।

मेरो राजनिती प्रति लगाव देखेर उ व्यङग्य गर्दै भन्थी नेताहरुले गर्दा देशको यस्तो हालत भएको यी नेताहरु त्यहाँ पुल बनाउने वाचा गर्छन्,  जँहा नदी नै हुँदैन म पनि के कम भन्थे अनि डक्टर नि घाँटीको अप्रेसन गर्दा पाठेघर गायब । उ सबै त्यस्ता हुदैनन् भन्थी ।  म भन्थे सबै नेताहरु पनि त खराब हुदैन नि । ऊ हार मान्दै भन्थी यी राजनीति गर्नेहरू सँग कुरा गरेर जित्न कस्ले सक्छ र ? भुकम्पको ६ महिना कटेपनी बेलाबेलामा भुकम्पको पराकम्पन आइरहन्थ्यो उ आतिएर फोन गर्थी म हास्दै भन्थे यँहा मनमनै कत्रो पराकम्पन गइसक्यो तिमी भुकम्पको कुरा गछ्र्यौ, उ कुरा मोड्दै भन्थी केहीगरी म बदलिए भने तिमी के गछौ ? भन्थे तिमी बदलियौ भनेपनि म कहिल्यै बदलिन्न यदि म पनि बदलिए भने तिमी र म मा फरक के नै रहयो र ? फेरी सोध्थी मैले मेरो मनमा अरुलाई नै राखे भने ? म हाँसेर भन्थे म शरर्णाथी होइन ।

दिनहरु प्रेमिल बनिरहेको थियो । पानी पर्दा एउटै छातामुनी हुन्थ्यौ छड्के पानिले शरिर पुरै भिज्दा पनि उसको न्यानोपनले जाडोको कुनै महशुस हुदैन थियो । भेट हुँदा प्राय उसको एउटै डिमान्ड हुन्थ्यो हेलम्बु घुमाउन लैजानुपर्ने ।

एकातिर भुकम्पले क्षतविक्षत पारेको भौतिक संरचना अर्कोतिर भारतीय नाकाबन्दीले जनजीवन झन् अस्तव्यस्त भैरहेको थियो काठमाडौंका सडकहरूमा ग्यांसको सिलिन्डरको लाइन मात्रै देखिन्थ्यो । कालोबजारीहरु यहीँ मौका छोपेर भएका सामानहरु पनि लुकाएर किर्तिम अभाव सिर्जना गर्ने र भित्रभित्रै बढी मुल्यमा बेच्ने गरिरहेका थिए तर नियमन गर्ने निकाय मुग्दर्शक बनिरहेको थियो ।

यतिकैमा भारतले अघोषित नाकाबन्दी लगायो एकातिर भुकम्पले क्षतविक्षत पारेको भौतिक संरचना अर्कोतिर भारतीय नाकाबन्दीले जनजीवन झन् अस्तव्यस्त भैरहेको थियो काठमाडौंका सडकहरूमा ग्यांसको सिलिन्डरको लाइन मात्रै देखिन्थ्यो । कालोबजारीहरु यहीँ मौका छोपेर भएका सामानहरु पनि लुकाएर किर्तिम अभाव सिर्जना गर्ने र भित्रभित्रै बढी मुल्यमा बेच्ने गरिरहेका थिए तर नियमन गर्ने निकाय मुग्दर्शक बनिरहेको थियो। दैनिक उपभोग्य सामानहरु अभाव हुन थाल्यो । इन्धनको चरम संकट पर्यो । म गाउँ फर्किए र पुनः निर्माणको कार्यहरुमा व्यस्त हुन थाले त्यसले आरोहीसँगको कुराकानीलाई ब्रेक लगायो ।

म गाउँ फर्केको एक महिना जति भएको थियो एकदिन उसको फोन आयो । घरमा विहेको कुरा चलेकाले विहे गर्न लागेको र त्यसमा आफुले मञ्जुरी दिएको बताई । म छाँगाबाट खसेजस्तो भएँ । मैले भने,  यस्तो संवेदशील कुरामा मजाक नगर त ।  तर उसले सबै यथार्थ नै भएको बताई,  मेरो बुवाआमाले आजसम्म मेरो लागि आफ्नो जीवन अर्पण गर्नुभयो म कसरी उहाँहरुको मन दुखाउन सक्छु जे जे भयो त्यो सबै विर्सिदेउ जिन्दगी भावनामा होइन यथार्थतमा जिउनु पर्छ । एकैपटकमा भनि म निराश भए जति छिटो सपनाको शिखर चढाई त्यति नै छिटो तल झारिदिई चित्त दुखाउने खेलमा माहिर रहिछे । एउटै प्रश्न आफैसँग उठ्छ जो आफुबाट टाढा हुन खोज्छ उसैलाई सम्झेर यो चित्त चाँहि किन दुख्छ ? गह्रौ मन लिएर काठमाण्डौ फर्किए । तर काठमाडौ भुकम्प को समयमा भन्दापनी उदास लाग्न थाल्यो ।

बसमा यात्रा गरिरहँदा पनि मनमा अनेकौं कुराहरू खेलिरहन्थ्यो । जो विना म जीवनको एक पल पनि कल्पना गर्न सक्दैनथे, जोसँग जीवनका सुनौला सपनाहरु सजायको थिए आज उसैले नराम्रो सँग मुटुमा छुरा धसेर गई यस्तै बेलामा बसमा गित बज्थ्यो “उ जितेर गई, या हारेर गई नतिजा आफै तिर पारेर गई” मन बेचैन हुन थाल्यो । म कारण जान्न चाहन्थे उसको सँगै जिउने सँगै मर्ने बाचा कसम किन यति सजिलै सकियो ?

जुन आँखाले सधै मलाई नियालीरहन्थे ती आँखाहरु अब सधैका लागि बन्द भएका थिए । जुन ओठको मुस्कानले सधै मलाई प्रेरणा र हौसला दिन्थ्यो ति ओठ अब कहिल्यै नखुल्लने गरि बन्द भएका थिए ।

एकदिन मनमा के सुर चल्यो आँट गरेर उसको घरमै गए त्यहाँ मानिसहरुको कोलाहलपुर्ण भीड थियो अझै नजिकै गएर हेरे एकैपटक छाँगाबाट खसेजस्तो भए, त्यहाँ आरोहीको लास थियो । उसले मसँग रुखो व्यवहार गर्नुको कारण बल्ल बुझे म प्रतिको उसको निश्चल प्रेमको छालहरुलाई बल्ल थाहा पाए तर मेरो अगाडी उ होइन उसको लास थियो । जुन आँखाले सधै मलाई नियालीरहन्थे ती आँखाहरु अब सधैका लागि बन्द भएका थिए । जुन ओठको मुस्कानले सधै मलाई प्रेरणा र हौसला दिन्थ्यो ति ओठ अब कहिल्यै नखुल्लने भएका थिए ।

मृत्युको मुखमा पुगेकाहरुलाई जीवन दिने ऊ आज आफै जीवन सँग हारेर गइ तर मेरो मनमा सधै राज गरिरहने छे । म उसँग बिताएका ती प्रत्येक पलहरुलाई म हृदयमा सधै सजाइरहने छु ।

तर उ कति महान छे सधै दिनरात भोकप्यास नभनि आफ्नो इच्छा र चाहनाहरुलाई दबाएर सधै अरुको सेवामा समर्पित भई । आफनो मृत्युको बारेमा थाहा हुँदाहुदै पनि जीवनको अन्तिम क्षण सम्म पनि अरुको सेवामा लागिरहि, मृत्युको मुखमा पुगेकाहरुलाई जीवन दिने ऊ आज आफै जीवन सँग हारेर गइ तर मेरो मनमा सधै राज गरिरहने छे । म उसँग बिताएका ती प्रत्येक पलहरुलाई म हृदयमा सधै सजाइरहने छु ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *