पुटिन र ट्रम्पबीच भेटवार्ता हुने

मस्को:  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा भेट हुने भएको छ।

उनीहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्ट«पतिको कार्यालय क्रेम्लिनले बिहीबार जनाएको छ। भेटका क्रममा उनीहरुले युक्रेनसँगको तनावका बारेमा छलफल गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

‘भेटवार्ता हुने बारेमा वासिङ्टनले पुष्टि गरेको छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भनेका छन्।  पेस्कोभले जी–ट्वान्टीको शिखर सम्मेलन हुने अर्जेन्टीनामा उनीहरुको भेट हुनेछ।

पेस्कोभले नेताबीचमा खुल्ला छलफलको आवश्यकता रहेकोमा जोड दिए। त्यस्तो छलफल क्षेत्रीय द्वन्द्व, दुई पक्षीय सम्बन्ध, रणनीतिक सुरक्षा र निशस्त्रिकरण लगायतका विषयमा हुने उनको भनाइ छ ।

‘यी विषयहरु केबल हाम्रा दुई देशका चासोका विषय मात्र नभई विश्वकै सरोकारको विषय भएकाले सहमति भएपनि नभएपनि छलफल हुन आवश्यक छ,’ उनले भने। रासस

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *