अलिबाबाका प्रमुख ज्याक मा कम्युनिस्ट पार्टीको सदस्य

काठमाडौं: ई-कमर्स कम्पनी अलिबाबाका प्रमुख एवम् चीनका सबैभन्दा धनाड्य व्यक्ति ज्याक मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको खुलासा भएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले यो जानकारी दिएको सिएनएनले समाचार लेखेको छ ।

हालसम्म मानिसहरुले ज्याक मा कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको ठान्दथे । त्यसैले यो चीन र विश्वभरकै जनताका लागि आश्चर्यको कुरा मानिएको छ ।

पिपुल्स डेलीका अनुसार ज्याक मा कम्युनिष्ट पार्टीको सदस्यता लिएकाहरुमध्ये ती १०० जनाको सूचीमा सामेल छन् जसले चीनलाई आर्थिक सुधारको प्रक्रियामा अगाडि बढाउन मद्दत गरेका छन् ।

ज्याक मा चीनका सबैभन्दा धनाड्य व्यक्ति हुन् । धनाड्यहरुको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सका अनुसार उनको सम्पत्ति ३५.८ अर्ब डलर छ ।

पिपुल्स डेलीले ज्याक माको पार्टी सदस्यताबारे यतिबेला किन सार्वजनिक गर्‍यो भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर, यो जानकारी त्यतिबेला सार्वजनिक भएको छ जतिबेला चिनियाँ सरकारले निजी कम्पनीहरु, खासगरी प्राविधिक क्षेत्र,लाई पार्टी नीतिअनुसार चल्न दबाव दिइरहेको छ ।

ज्याक माले आगामी वर्ष अलिबाबाको अध्यक्ष पद छाड्दैछन् । पद त्याग्ने घोषणा उनले केही महिना अगाडि नै गरेका थिए । उनले अब बालबालिकाको शिक्षा र समाज सेवामा संलग्न हुने बताएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *