विदेश

एसिया कपमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं – एसिया कप क्रिकेटको सुपर चारको खेलमा पाकिस्तानले भारतसँग बदला लिएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर चारमा भने रोमाञ्चक जित निकाल्दै बदला लिएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि…

ताइवानको सिमा क्षेत्रमा चीनले थाल्यो सैन्य अभियान

काठमाडौं – अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ…

चिनको विरोधकाबीच अमेरिकी सभामुख ताइवानमा, चुपचाप नबस्ने चिनको चेतावनी

न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ । चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार…

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि भागे राजापाक्षे

काठमाडौं – श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भागेका छन्। समाचार संस्था एएफपीले सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेका छन्। त्यससँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका हुन्। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।…

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

काठमाडौँ – गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको…

श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द हुँदा लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा

काठमाडौं – कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् । सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले…

दिल्लीपछी पन्जाबमा आम आदमी पार्टीको बहुमतको सरकार

ऎजेन्सी – छिमेकी भारतमा वैकल्पिक राजनीति थाले १० वर्षमा आम आदमी पार्टी (आप)ले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको छ। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको हो। बिहीबार पाँच वटा…

रुसी सेनाद्वारा युक्रेनको महत्त्वपूर्ण नगर कब्जा

काठमाडौं – रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्त्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन्…

युक्रेनको राजधानी किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

ऎजेन्सी – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो…

केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ : विश्व स्वास्थ्य संगठन

ऎजेन्सी – विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् । सन् २०२२ को पहिलो हप्तामा ७० लाख…