एसिया कपमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं – एसिया कप क्रिकेटको सुपर चारको खेलमा पाकिस्तानले भारतसँग बदला लिएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर चारमा भने रोमाञ्चक जित निकाल्दै बदला लिएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गर्‍यो । १९.४ ओभरको खेल सकिंदा पाकिस्तानलाई जितका लागि २ रन चाहिएको थियो अर्थात २ बमा २ रन आवश्यक थियो । र, पाकिस्तानले एक बल बाँकी हुँदै १९.५ ओभरमै लक्ष्य भेटायो ।

१८२ रनको लक्ष्य पाएको पाकिस्तानले एक बल बाँकी हुँदै पूरा गरेको हो ।पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाए । मोहमद नवाजले ४२ रन र फकर जमानले १५, कप्तान बाबर आजम १४, आसिफ अलीले १६ र खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए।

भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रवि विश्नोइ र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *