दिल्लीपछी पन्जाबमा आम आदमी पार्टीको बहुमतको सरकार

ऎजेन्सी – छिमेकी भारतमा वैकल्पिक राजनीति थाले १० वर्षमा आम आदमी पार्टी (आप)ले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको छ। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको हो।

बिहीबार पाँच वटा राज्यमा बिहीबार विधान सभा चुनावको मतगणना भइरहेको छ। नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्डसहित पन्जाब, गोवा र मणिपुरमा मतगणना जारी छ।मतगणनाको प्रारम्भिक परिणाममा पन्जाबमा आपले एकल बहुमत ल्याउने देखिएको छ।

पन्जाब विधान सभा ११७ सिटमध्ये ८८ मा आपका उम्मेदवार अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ। आपले दुई तिहाइ बहुमत ल्याउने देखिएको छ। मतगणना जारी छ। सन् २०१७ मा भएको विधान सभा चुनावमा कांग्रेसले ७७ सिट जितेको थियो। पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोडेका थिए। विभाजित भएको कंग्रेसले अहिले १२ सिटमा मात्रै अग्रता लिइरहेको छ। पन्जाबमा आपले बहुमत ल्याए भागवन्त मान मुख्यमन्त्री बन्नेछन्।

वैकल्पिक शक्तिका रूपमा उदाएको आपले दिल्लीमा तेस्रो पटक सत्ता चलाइरहेको भए पनि अरू राज्यमा फैलिन उसलाई मुस्किल भइरहेको थियो। पन्जाब विधान सभा जित्नु आपका लागि ऐतिहासिक सफलता हो।

पन्जाबमा आपले सत्ता चलाइरहेको भारतीय कंग्रेसलाई हराएको हो। यसअघि दिल्लीमा पनि आपले कंग्रेसबाट नै सत्ता छिनेको थियो।  आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो। आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *