रुसी सेनाद्वारा युक्रेनको महत्त्वपूर्ण नगर कब्जा

काठमाडौं – रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्त्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् ।

कोलिखाएभले रुसी सेनालाई नगरबासीमाथि गोली नचलाउन समेत आग्रह गरेका छन् । उनका अनुसार खेर्सानमा हाल एक जना पनि युक्रेनी सैनिक छैनन् ।

त्यस्तै, कोलिखाएभले नगरबासीलाई ‘युक्रेनको झण्डा फर्फराइ राख्नका लागि’ रुसी सेनाको आदेश पालना गर्न अपिल गरेका छन् । हाल खेर्सनमा बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ भने बाहिर जाँदा दुई जनाभन्दा बढी जान नपाउने नियम लागू गरिएको छ । साथै, नगरमा खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामान बोकेका कारलाई मात्रै प्रवेश गर्न दिइएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *