प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि भागे राजापाक्षे

काठमाडौं – श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भागेका छन्।

समाचार संस्था एएफपीले सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेका छन्। त्यससँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका हुन्। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

श्रीलंकाकै समाचार पत्र डेली मिररले पनि प्रदर्शनकारीहरू राष्ट्रपतिको घर प्रवेश गरेको बताएको छ। प्रदर्शनकारीहरूले श्रीलंकाको झन्डा, हेल्मेट बोकेर त्यहाँ प्रवेश गरेको भिडिओहरू पनि बाहिरिएका छन्। प्रहरीले हवाई फायर पनि गरेको छ। तर आक्रोशित प्रदर्शनकारीहरूलाई रोक्न सकेका छैनन्।

‘ब्यारिकेडहरू हटाएर हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति भवनको प्रमुख गेटमा पुगिसकेका छन्। प्रहरी पनि त्यस क्षेत्रबाट पछि हटिरहेको देखिन्छ,’ एक प्रत्यक्षदर्शीले रोयटर्ससँग भनेका छन्, ‘हवाई फायर गरेको र निरन्तर रूपमा अश्रु ग्यास प्रहार गरिएका छन्।’ राष्ट्रपति भवन प्रवेश गरेर प्रदर्शनकारीहरू पुलमा स्वीमिङ गरिरहेको तस्बिर पनि बाहिर आएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *