गृहपृष्ठ

भ्रष्टाचारविरुद्ध सरकार हैदसम्म निर्मम हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए…

टर्की भुकम्पमा ज्यान गुमाउनेको संख्या १० हजार पुग्यो

काठमाडौं – सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टर्कीमा हालसम्म ६,९५७ र सिरियामा कम्तीमा २,५३० जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको…

सरकार छाड्ने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट…

धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं – कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् । गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् ।…

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौं – गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरू गर्दै छ। निष्क्रिय नागरिकता प्रयोग गरेर चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका र निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट परेका थिए। संवैधानिक इजलासले…

मन्त्रिपरिषद विस्तार आज, कुन पार्टीलाई कुन मन्त्रालय?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति…

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषदको निर्णय

काठमाडौ – सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

स्ववियु निर्वाचनको तयारी गर्न देशभरका कलेजहरूलाई त्रिविको निर्देशन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले देशभरका कलेजहरूलाई स्ववियु निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचनको पूर्व तयारी गर्न भनेको हो । त्रिभुवन…

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत…