धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं – कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ । सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रियसभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

पार्टी प्रवेशपछि एलिजालाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ । उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराइएको थियो । पाँचवर्षअघिको फिल्म ‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी एलिजाको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *