धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं – कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् । गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् ।…

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं – सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौं – गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरू गर्दै छ। निष्क्रिय नागरिकता प्रयोग गरेर चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका र निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट परेका थिए। संवैधानिक इजलासले…

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

काठमाडौं – संसद भवन अगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको…

मन्त्रिपरिषद विस्तार आज, कुन पार्टीलाई कुन मन्त्रालय?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति…

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषदको निर्णय

काठमाडौ – सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

दुर्घटनाग्रस्त यतिको जहाजमा चालक दलका सदस्यसहित ७२ जना रहेको पुष्टि

काठमाडौँ – यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज…

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

स्ववियु निर्वाचनको तयारी गर्न देशभरका कलेजहरूलाई त्रिविको निर्देशन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले देशभरका कलेजहरूलाई स्ववियु निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचनको पूर्व तयारी गर्न भनेको हो । त्रिभुवन…

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र,…