बन्द विरोधीलाई प्रवासि नेपाली एकता मञ्चका केन्द्रीय सदस्य दंगालको नैतिक चुनौति

-गोकुल प्रसाद दंगाल

बन्द हड्ताल सँधैलाइ वन्दगर्न तयार हुनुहुन्छ ? आदर्श छाँट्न मात्रै हैन प्रतिवद्दता जनाउन सक्नुहुन्छ भने..
१.कांग्रेस पार्टीका मित्रहरू :- संसद मारेर संविधानको अपहरण हुँदा पनि व्यक्तिगत स्वार्थ भन्दै आन्दोलनको विरोध गर्नुहुने तपाई मित्रहरू कुनैपनि बहानामा अरुलाई असर पुग्ने आन्दोलन नगर्ने कुरा आदर्श मात्रै त हैन नि ? निर्वाचन हुने,ठुलो पार्टी वन्ने र सरकार चलाउने आशामा दोधारे चरित्र देखिदैछ ।यदि निर्वाचन नहुनेभयो भने पार्टीको ह्विपमा आन्दोलन गर्नुहुन्छ कि आफ्नै पार्टीका नेतालाई वालुवाटारमा अनसन वस्न लगाउनुहुन्छ ? भोलि कांग्रेसको झण्डा बोकेर सडकमा आउनुहुन्न नि हैन त ? प्रष्ट हुनुस
२.अन्य राजनैतिक दलकासाथिहरु: के तपाईंहरूको सवै राजनैतिक माग सकिएको हो ? अवदेखि सरकार जतिनै निरंकुश वनेपनि सडकमा नआएरै लडाइँ जित्ने सम्भावना देख्नुभाको हो?अब जनतालाई सडकमा आउन कहिल्यै आह्वान गर्नु हुन्न नि ? प्रष्ट हुनुस
३.दलित जनजाति मित्रहरू : ठिकै छ अहिले प्रतिगमन हैन भन्दै आन्दोलनको विरोध गर्नुस तर यदि व्यवस्था उल्टिने भयो भने संघियता लगाएत समावेशी अधिकार पनि सकिन्छ त्यतिबेला पहिला जस्तै अधिकार भनेर सडकमा जानुहुन्छ कि पहिचानवादिका नेतृत्वलाई अनसन वस्न वालुवाटार पठाउनुहुन्छ? प्रष्ट हुनुस
४.शिक्षक कर्मचारी साथिहरु: भोलि राज्यले सेवा सुविधा र अन्य विषयमा अन्याय गर्योभने हातमा कालोपट्टी वाँधेरै काम चलाउनुहुन्छ कि सेवाग्राहीलाई असर गर्नेगरि आन्दोलन वा शैक्षिक संस्था हड्ताल गरेर दुख दिनुहुन्छ त्यतिबेला अभिभावकले प्रतिकार गर्नेछन् तयार हुनुहुन्छ नि ?
५..पत्रकार साथिहरु: तपाईं आवद्ध मेडिया वा सरकारले तपाईंको मागका समन्धमा बेवास्ता गर्यो भने पेन डाउन गरेर सुचनाको हकलाई निशेध गर्नुहुन्छ कि निरन्तर आफ्नो कर्ममा लागिरहनुहुन्छ? प्रष्ट हुनुस
६.विद्यार्थी साथिहरु: शैक्षिक क्षेत्रको सुधारको माग गर्दै आन्दोलन गर्ने र निजि शैक्षिक संस्थाको मनपरि विरुद्द आन्दोलन गर्दा विद्यालय समय सकिएपछि धर्ना दिनुहुन्छ कि पढाइ प्रभावित वनाएर आन्दोलन गर्नुहुन्छ ? सोच्दै गर्नुस
७.पहिचानवादि साथिहरु: तपाईहरु आफ्नो पहिचान रक्षाका लागि अझै सक्रिय हुनुहुन्छ,भोलि पहिचान मेट्ने दुस्साहस भयो भने मौन विरोध गर्नुहुन्छ कि सशक्त प्रतिकार गर्नुहुन्छ ?भोलि पहिचान र जातियता विरोधीले लखेट्नेछन् आत्मसमर्पण गरेर भाग्नुहुन्छ कि संघर्ष गर्नुहुन्छ ? प्रष्ट हुनुस
८.सर्वसाधारण मित्रहरू : तपाईंको सामान्य व्यापार व्यवसाय तथा कृषि व्यवसायमा वा जिविकाको सवालमा समेत कहिले विचौलिया त कहिले सरकारि नितिहरु वाधक वन्ने गरेका छन्।आफ्नो पेशा व्यवसाय नै धराप पर्ने अवस्था आयोभने समन्धित निकायको ढोकामा धर्ना वसेरै गलाउनु हुन्छ कि अरुलाई अवरोध हुनेगरि आन्दोलन गर्नुहुन्छ ? आफुतिर पनि फर्किएर हेर्नुस
९.यातायात मजदुर साथिहरु: व्यवसायी संघको टकराव वा राज्यको दवावका कारण तपाईंको पेशामा समस्या देखियो भने टाउकोमा कालो पट्टी वाँधेर गाडी चलाउनुहुन्छ कि गाडिलाई ग्यारेजमा थन्क्याएर सडकमा आउनुहुन्छ ? आजै प्रष्ट हुनुस
त्यसैले अहिले संविधान मिचिंदा,जनअभिमतको संसद भत्किदा आन्दोलनमा नजाने र नेकपाको आन्तरिक कारणमात्रै देखाएर विरोध गर्नु कत्तिको सान्दर्भिक छ?भोलि तपाईंको आन्दोलन पनि तपाईंको लागि अधिकार होला अरुको लागि त स्वार्थ नै हो नि ? त्यतिबेला सेवाग्राही सर्वसाधारणले प्रतिकार गरे के गर्नुहुन्छ ?माफि मागेर आन्दोलन रोक्नुहुन्छ वा भिड्न तयार वन्नुहुन्छ ? प्रष्ट हुनुस…

…र अन्त्यमा विश्वका हरेक देशमा आन्दोलन कहिल्यै अन्त्य हुदैन,आन्दोलन गर्नेले अधिकारको लागि भन्छन् भने विरोधीले स्वार्थका लागि,आन्दोलन आवश्यकता र अवस्था अनुसार सशक्त हुन पनि आवश्यक छ त्यसैले आन्दोलनलाई हल्कारुपमा लिनुपनि आफ्नै विरुद्धमा हुन जान्छ भन्ने कुरालाई मनन गरौं। संजालमा क्षणिक वाहिवाहि वटुल्ने भन्दा सत्यता र दिर्घकालिन परिस्थितिलाई वुझेर प्रतिक्रिया जनाउने गरौं ।

लेखक दंगाल प्रवासि नेपाली एकता मञ्चका केन्द्रीय सदस्य हुनुहुन्छ 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *