रोगको भन्दा पहिले भोकको ब्यबस्थापन गर सरकार

-विनोद कोइराला

एलोपेथिक स्वास्थ माफियाहरुको इसारामा विश्व हल्लिएको छ। माक्स, पन्जा, सेनिटाइजर को चपेटामा मानिस परेका छन् । मानिसहरु अहिले मनोरोगी र आत्माहत्या जस्ता भयावहको दलदलमा फसेका छन् । इमर्जेन्सी बिरामी अस्पताल जाँदा बिरामिले उपचार पाएको छैनन् “अकालमा अनेकौं बहानामा मर्नु परेको छ। कोरोना नामक हाउगुजिले नेपालमा बिगत ६ महिना देखि जनतालाइ घरभित्र थुपारेर थुनेर राखेको अवस्था छ । श्रमजीवी मजदुर निम्न आयस्रोत भएकाहरु भोकभोकै बस्न बाध्य छन् । व्यावसायि हरुले ऋणको भारी बोक्न सकिरहेका छैनन् ।

कोरोना रोकथामका नाममा राज्यको ढुकुटीबाट १५ अर्ब भन्दा बढी खर्चिएको छ तर जनताले प्रत्यक्ष राहत पाएको अनुभुती गर्न पाएका छैनन् । विभिन्न सहरमा अध्ययन गर्न बसेका विद्यार्थी र मजदुरहरुले आफुबसेको डेराको भाडा तिर्न नसकेर घर धनिको वचन र विभिन्न दुख कस्ट झेल्नु परेको अवस्था छ। कोठाबाट बाहिर निस्कियो प्रसासनले कारबाही गर्ला भन्ने डर छ भित्र बसौ भोकमरीले मर्ला भन्ने डर छ ।आखिर यसको हिसाबकिताब कस्ले गर्ने ? के सरकारको प्रभाबकारी काम पिसिआर चेक गराउने मात्र हो ? के सरकार जनताप्रती उत्तरदायि हुनुपर्दैन ?

विश्व स्वास्थ्य सङ्गठनले जस्तो उर्दि जारी गर्यो तेस्तै हाउभाउ गरेर सरकारले जनतालाइ रोगबाट बचाउन लागेको हो कि भोकमरीले मार्न ? जनताको धैर्यताको बाँध भत्किन लाग्यो सरकारले जनताको भोको पेटलाइ सम्बोधन गर्न अलिकति पनि ढिला गर्यो भने अब जनता यो सरकारको विरुद्ध सडकमा आउने निश्चित छ ।

संकटको बेला आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी हरेक राज्यको हो । जब कुनै महामारी, प्राकृतिक प्रकोप तथा संकट आउँछ त्यतिबेला नागरिकले आशा गर्ने अन्तिम निकाय राज्य नै हो । त्यसैले श्रमजीवी मजदुर र निम्न आय भएका र भोकले छट्पटी रहेका नागरिकको अभिभावकत्व राज्यले छिट्टै ग्रहण गरोस र जनतालाई अप्ठ्यारोमा सरकारले हेर्छ भन्ने आभास दिलाओस ।

लेखक अनेरास्ववियू नुवाकोटका सह-संयोजक हुन् 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *