बोर्डरका ती दिनहरु

-पारसमणि खतिवडा

“देश बूढो हुदैन, माया पुरानो हुदैन ;
राष्ट्र अनि राष्ट्रियता ,सानो हुदैन “।।
पत्रकार `धनराज बास्तविक´को साच्चै देशभक्तिको भावनाले समेटियको  यो पक्तिले आज म उहालाई निकै सम्झिरहेको छु।
सानै देखि देशको सेवा गर्ने  अठोट म मा थियो।जतिवेला उच्च शिक्षा सकेपछि म सिमा सुरक्षाको जिम्मा वोकेको एक सँगठनको  प्रशाशनिक सेवाका लागि प्रवेश  गरे।फलस्वरुप  प्रशिक्षण प्रतिष्ठान ऐकेडेमिवाट अाधारभुत तालिम सकेपछि मेरो पोष्टिङ सिराहा जिल्लाको सिमा निगरानि पोष्टमा भयो,जसलाई वि •ओ •पि•भनिन्छ।तर म झापा काजमा खटिय । मैले झापामा रहदा `भन्सार तथा सिमा सुरक्षा´ सम्वन्धि  उन्नत तालिम लिने अवसर पाय र तालिमका लागि छनोट भय।तालिमका लागि म सुनसरि झिल्लाको पकलिमा अाईपुगे।तालिम दौरान झापा र सुनसरिमा रहेका सिमा अनुगमन तथा निरीक्षण प्राविधीक टोलि सँग सगै काम गर्ने मौका मिल्यो।तालिम समापन पश्चात् तत्कालिन पुर्वि मुख्यालयले मलाई सिमा सुरक्षा कार्यलय सिराहा  रवाना गर्यो ।त्यहावाट म आफ्नै दरवन्दि गएँ।
दरवन्दि त्यहि हो जहाँ नेपाल सरकारले सिमा सुरक्षाको लागि  महत्वपुर्ण जिम्मेवारी थपेको  मधेशको एक  अति जोखिम सवेदँनशिल  जिल्लामा पर्दथ्यो। त्यतिवेला मधेश केन्द्रित हिँसा राजनिति व्यापक थियो। गोहित,  ज्वाला सिहँ,मधेशि टाईगर जस्ता भूमिगत पार्टिको गतिविधिले मधेश आक्रान्त थियो।
सिराहा सदरमुकाम अर्थात सिमा सुरक्षा कार्यलय जुन हाम्रो माथल्लो मातहत थियो। त्यहाँवाट करिव झण्डै ३ घण्टाको पैदलमा पुग्न सकिने उत्त सिमा निगरानि पोष्ट वि •ओ• पि •नेपाल भारत सिमावाट १ कि.मि. नजिक पर्दथ्यो ।सिराहा जिल्लाको लगढिगढियानि भन्ने ठाउमा स्थापित उत्त वि•ओ•पिको आधार ईलाका धेरै थियो।सिमामा भारतको विहार राज्यको मधुबनि जिल्ला पर्दथ्यो।हाम्रा निगरानि एरियावाट करिव ५ किमि पर भन्सार कार्यालय थियो जस्को नाम नेपालकै ठूला मध्येमै गनिन्थ्यो,` माडार भन्सार कार्यालय ´। जहाँ अर्को `भन्सार गस्ति कार्यालयले ´सुरक्षा प्रदान गर्दथ्यो।त्यहा सम्म हाम्रो अन्तिम निगरानि लाईन थियो।मान्छेहरु त्यो नाका भयर भारतको बिहार राज्यको ठूलो शहर  `जयनगर´ प्रवेश समेत गर्ने गरेका रहेछन।पूर्वमा वरियारपट्टि र पश्चिममा माडार भन्सारको विचको नेपाल भारत सिमाको जिम्मामा थियो हाम्रो निगरानि पोष्ट।जहा एक फन्को मार्न विहान हिडेपछि एकै चोटि वेल्का पर्खनपर्थ्यो।सिमानामा रहेका मानिसहरुको पिरमर्का वुझ्नु ,पिल्लारको रेखदेख  अनुगमन तथा निरीक्षण गरि रिपोर्ट तयार गर्नु दैनिकी जस्तै थियो।यसका अलावा अपहरण हत्या ,हिँसा लुटपाट महत्वपूर्ण ठाँउहरुको सरक्षण गर्दै स्थानिय प्रहरीसग हातेमालो गर्दै अगाडि वढ्नुपर्ने थियो।कहिले लङरुट पट्रोल, रुटमार्च, मोवाईल गस्ति, कर्डन एण्ड सर्च जस्ता अप्रेशन दिँनहु डिउटि लिष्ट अनुसार चल्नु पर्दथ्यो।

  तराईको ठाउँ हिँसाको , राजनिती व्याप्त थियो।त्यहा माथि  नेपाल भारत सिमामा देशभक्तिको छाप लगार गौरवका साथ देशको सुरक्षा गर्न त्यहा वोर्डरमा खटिनु अाफैमा  चानचुने काम थियन। तालिममा सिकेका सीप कला र सगँठनमा उपलव्ध श्रोत साधनको भरपुर उपयोग गरि दैनिक गस्ति खानतलासि रेकि  गर्नु वि• ओ• पि•को कर्तव्य हुन आउदछ। आफ्नो ईलाकामा रहेका जङ्गे ,मझौला तथा साना पिल्लार तथा दशगजा क्षेत्रको  रेखदेख तथा सँरक्षण  गर्नु सिमामा खटिने कर्मचारिको प्रमुख दायित्व भित्र पर्दछ। सिमानामा हरहमेसा  रहदा त्यहा माथि भारतवाट लुकाईछिपाई भन्सार तथा राजस्व छलि तथा  प्रतिवन्धित सामानहरु अोसारपसार गर्ने केन्द्र हुन्छ,डिउटिमा खटियपछि त्यसलाई पनि रोक्न सक्नुपर्छ।
२४ घण्टे  हरहमेसा जुनसुकै वेला तयारि साथ स्ट्यान्वाईका साथै  आमजनमानसमा सिमा सुरक्षा सम्वन्धि जनचेतना ,दुई देशका नागरिकविच वेला मौकामा हुने झै-झगडा,अपराधिक गतिविधि नियन्त्रण, चोरि पैठारि  नियन्त्रण गर्नु पोष्टको  धर्ममा पर्दथ्यो। त्यहि अनुरुप हामी  देशको नियम अनुसार सगँठनको नीति अनुरुप खटिन्थ्यौ।
एक पटक ठूलो हुरि बतास र पानिले हामी वसेको ठाउँ सवै उडायो ।छाईयका छलि , बाँस र एलभेष्टर पाता सवै नष्ट भयो । रातभरि हामी खुल्ला आकाश मुनि पानिमा भिजेर वस्न वाध्य भयौ।माथिवाट पानि हुरि अनि जमिन पुरै पानिले आधा जमिन  डुवेर जलमग्न भयो।विडम्वना अझ के छ भने वाहिर डिउटि जादा  अकस्मात प्राकृतिक विपद आईलागे वस्ने वासस्थान फर्कने अवस्थाको समेत ग्यारेन्टि हुन्न।तराईका सिमामा अधिकाँश ठाउमा  घामपानि ओत लाग्ने व्यवस्था छैन ।विहान डिउटि निस्केपछि एकैचोटि वोकेको तुम्लेटको पानिको भरमा  वेलुका फर्कनुपर्ने वाध्यता छ।अझ वाढिको असर अधिकाँश ठाउमा पर्ने भयकाले  फर्कन ज्यादै सकस हुन्छ! मैले याहा भन्न खोजेको  कुरा सिमामा खटिने कर्मचारिको अावास तथा भौतिक सेवा सुबिधा तथा सुरक्षा अत्यन्त न्यून रहेको छ।
सिमामा चोरि पैठारि  व्यापक हुन्छ।भारत तिरका मान्छेहरु गिरोहनै वनायर  अपराधिक गतिविधि नेपालमै गरेर वोर्डर तर्ने गर्दछन।  त्यसलाई नियन्त्रण गर्नु पनि सिमा सुरक्षा गर्नेको काँधमा आउँदछ ।
सरकारले सिमाको लागि पर्याप्त जनशक्ति सिमामा खटाउन नसकेकै हो ।अर्को कुरा स्थायि दरवन्दि भयपछि  सिमामा वस्ने सिमाकर्मिको लागि यथेष्ट मात्रामा वन्दोवस्तिका सरसामान पुर्याउन नसक्नु सरकारको कमजोरि ठान्दछु।भवन आवास देखि खाधन्न  अौषधिउपचारको पर्याप्त व्यवस्था सिमामा छैन।   भारततिर अत्याधुनिक हातहतियार  वन्दोवस्तिसहित सम्पूर्ण पुर्वाधारसहित सिमामा सुरक्षाकर्मि परिचालित हुँदा नेपाल तिर प्लाष्टिक पाल र छलिको  झाप्रोको भरमा लाठि लियर सिमा सुरक्षा गर्ने कार्यको अन्त्य छिट्टै  हुन आवश्यक छ।

  अहिले हाम्रो  देशमा वन्दावन्दि रहेको अवस्थामा कमजोरीको फाईदा उठाउदै छिमेकि देशले  सिमा अतिक्रमणलाई तिव्र वनायको छ।नेपाल–भारतबीच करिब एक हजार आठ सय स्थानबाट खुला रूपमा आवतजावत हुने गरेको छ । आवश्यकताभन्दा धेरै सीमा खुला भएकाले सीमा अतिक्रमणदेखि सीमास्तम्भ हराउने समस्या बढेको  सिमाविद् तथा अधिकारीहरुले समेत वताउदै आयका छन।
तराई क्षेत्रमा सीमाका बस्तीहरूमा वारि घर पारि खेत, पारि घर वारि खेत  भएकाले समस्या बढि देखिएको  छ। त्यस्तै खोलाले धार परिवर्तन गरी किसानको घर–खेतबारी वारिपारि हुने भएकाले पनि विवाद हुने गरेको छ ।  यो समस्या नि छिट्टै हल हुनु आवश्यक छ।
अहिलेको विषम महामारिमा सिमामा अहोरात्र नेपाल प्रहरी ,सशस्त्र प्रहरी घामपानि नभनि परिचालित छन।अब सदाझै सिमा मजवुत वनाउन सरकारि सम्यन्त्र लागि परि आवश्यक पुर्वाधार तयार गरि सिमा मजवुत वनाउनुपर्ने देखिन्छ। साँच्चै चितवनको एक वडाले वोर्डरमा तार जाली लगायजस्तै सम्पूर्ण सिमामा सरकारले तार जाली लगाउन सकेपनि केही हद सम्म सिमा विवाद हल भयर जाने कुरामा दुई मत नहोला।
अत:  सगँठनको नीति नियम अनि राष्ट्र सेवा गर्ने कसम खायर आम नागरिकको जिवन रक्षामा यतिवेला माहामारिसँग जुध्दै विभिन्न समस्याका बावजुत  आफ्नो घरपरिवार नभनी अहोरात्र देशको शिर उच्च र नागरिकलाई सुरक्षित राख्न खटिनुहुने तमाम सुरक्षाकर्मि, सिमामा खटिनुहुने प्राविधीक लगायत सम्पूर्ण कर्मचारीवर्गलाई मेरो सलाम।
( लेखक नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत  सिमा सुरक्षा कार्यालय सिराहाका पुर्व- कर्मचारि हुनुहुन्छ।)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *