कोभिड १९ महामारी कि मानव निर्मित

राजेश दुलाल

 

कोभिड – १९ प्राकृति  भाइरस हो या मानवनिर्मित भाइरस भन्ने बिषयमा चीन र अमेरिका बिच आरोप प्रत्यारोप हुने गरेको छ । यसैको पेरिफेरिमा अनेकौं तर्क र अनुमानमा विश्वभर नयाँ बहस सुरु भएको छ ।

डिसेम्बरको अन्तिम साता पहिलाे पटक चीनको हुवेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस( कोभिड -१९) को प्रकोप दिन प्रतिदिन जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले आवागमनमा कडाइ गर्न आह्वान गरेपछि विश्वका दुई सय मुलुकहरु आज लकडाउनको अवस्थामा पुगेका छन् ।

कोरोना भाइरसका कारण विश्वभर ८३ हजार ४ सय २४ ले ज्यान गुमाइसकेका छन् । यस्तै करिब १ ४ लाख ६२ हजार २ सय ४२ संक्रमित भइसकेका छन् । तीमध्ये ३ लाख ८१ हजार १ सय ४६ निको भइसकेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा सुपरपावरको रुपमा रहेका अमेरिका, वेलायत र युरोपेली मुलुकहरुको यो महामारीसँग लड्नसक्ने क्षमता एकदमै कमजोर देखिएको छ । अन्य समयमा विश्वमा कुनै समस्या आईपर्दा त्यसलाई सम्बोधन गर्न अगाडि आउने अमेरिका यतिवेला आफै संकटमा छ ।

अमेरिकन सरकार समर्थकले चीनले अमेरिका र उसको सारथि लाई विश्वमहाशक्ती बाट कमजोर बनाएर आफू विश्वमा शक्तिशाली हुन जैविक हतियार , भाइरस बनाएको तर्क अघि सारिरहेका छ्न । उनिहरु भन्छ्न ; चीनले नबनाएको भए विश्वका कम्युनिष्ट बाहेकका पूँजीवादी मुलुकलाई मात्रै कोभिड -१९ ले बढी प्रभाव किन पारिरहेको छ त ? उसले औषधि पहिल्यै उत्पादन गरेर भाइरस नियन्त्रणमा लिएर अन्यत्र फैलाएको समेत भन्नेहरु छ्न । नत्र संक्रमित क्षेत्रमा कसरी रास्ट्रपति सि पुग्न सक्दछ्न ?

उता चीनको आर्थिक समृद्धि, भौतिक सफलता र राजनीतिक प्रभावबाट डराएर अमेरिकाले कोरोना भाइरस तयार पारेर चीनमा छोडिदिएको भन्नेहरु पनि छ्न । अमेरिकन आरोपित तर्कको खण्डन गर्दै चिनियाँ तर्ककार भन्छ्न ; चिनको चामत्कारिक चिकित्सा प्रबिधी , अनुसाशित जनता, गम्भीर सरकार यी कुराको संयोजनमा भाइरसको क्षती कम गर्न सकिएको बताउछ्न ।

अमेरिकामा रास्ट्रपति ट्रमको घमण्डले कोभिड झन फैलिएको जानकारहरु बताउदछ्न । उनले कोभिड १९ लाई चिनियाँ भाइरस भनेर मजाक समेत गरेका थिए । ट्रमको उक्त अभिव्यक्तिको विश्व स्वास्थ संगठन लगाए सबैबाट बिरोध भएको थियो ।

अमेरिकाले चीनद्वारा संचालित हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकलाई कोरोना भाइरस बनाएर चिनलाई बेचेको आरोप लगाएको छ । उनलाई अदालतमा उपस्थित गराएको केही एजेन्सी समाचार मार्फत बाहिरिएको छ । अन्वेषक डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिक समेत रहेको बताइन्छ ।

केही समय अगाडी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयिङले चिन भ्रमण गर्ने जो कोहिलाई अमेरिका निषेध गरिने र कुटनैतिक नियोगका कर्मचारी फिर्ता गर्ने अमेरिकी सरकारको रबैयाले झन आतंक फैलाएको बताएकी थिइन् ।

यहि हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तीव्र आलोचना गरेका छन् । उनले स्वास्थ्य संगठन चीनमा अत्यन्त केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाह जारी गरेको आरोप लगाएका छन् । ट्रम्पको अभिव्यक्तिबाट झन राजनैतिक गन्ध देखा परेको छ ।

हालसम्म अमेरिकामा ४ लाख ६६ हजार ९३ संक्रमित भेटिएका छ्न । २२ हजार ३३ निको भएका छ्न भने १३ हजार ८९ को कोभिड १९ बाट मृत्यु भएको छ । त्यसैगरी ३ लाख ७० हजार ७ सय ९६ एक्टिभ केसेस रहेको छ ।

उता  चीनमा ८१ हजार ८ सय २ मा कोभिड १९ देखा परेको छ । ७७ हजार २ सय ७९ निको भैसकेका छ्न । ३ हजार ३ सय ३३ को मृत्यु भएको छ । अब जम्मा १ हजार १ सय ९० मात्रै एक्टिभि केस रहेको छ ।    चीनमा कोरोना संक्रमित नियन्त्रणमा छ । अन्य मुलुकमा नियन्त्रणमा आउन हम्मेहम्मे परिरहेको छ ।

यो तथ्यबाट के बुझिन्छ भने    चीनले कोरोनामाथीको विजयप्राप्त गरेको छ । बिस्तारै चीन आर्थिक , राजनैतिक , भौतिक सम्पुर्णरुपमा शक्तिशाली रास्ट्रको रुपमा उदाउने आकलन गर्न थालिएको छ । र विश्व राजनीति नयाँ मोडमा पुगेको छ ।

यसरी शक्तिशाली मुलुक अमेरिका र चीनको आरोप प्रत्यारोपले कतै यो भाइरस मानव निर्मित त होइन भन्नेमा गम्भीर चिन्ता , अनेकौं शंका पैदा गरेको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *