कोरोनाको नाममा धर्म र डरको ब्यापार

-रन्जित आचार्य

विश्वव्यापीकरणको प्रभावले चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी ३ महिनामा नै विश्वका अधिकांश मुलुकहरूमा फैलियो । आफुलाइ सुपर पावर भन्ने राष्ट्रहरुले कोरोनालाइ जित्न सकिरहेका छैनन् । सेकेन्ड भरमा विश्व ध्वस्त पार्ने आणविक हतियार बनाउन सक्नेहरुले कोरोनाको संकट पार लगाउन सकिरहेका छैनन् । यहीँ अवस्थामा कोरोना भाइरस केहीका लागि धर्म र डरको व्यापार गर्ने माध्यम भइरहेको छ । विश्वका ८५% मानिस कुनै न कुनै धर्मको नाममा इश्वरमाथी आस्था राख्छन् तर अलौकिक भनिएको इश्वरले पनि यो संकटलाई टार्न सकिरहेको छैन ।

हालसालै केही बुद्दिस्ट धर्म गुरुका आज्ञाले कोरोना बाट छुटकारा पाउनको लागि धेरै बुद्ध धर्मका अनुयायीहरुले घरको आँगन र पिढी खनेर अंगार निकाले । दक्षिण कोरियामा यशुको प्रार्थना गरेपछि कोरोना ठिक हुन्छ भन्दै इसाई धर्मका पास्चरले कोरोना संक्रमित बिरामीलाई चर्चमा प्रार्थना गराउँदा त्यसले अझै महामारीको रुप लियो । नेपालमै पनि केहि पास्चरहरुले यशुले सबै समस्याबाट मुक्त पार्ने भन्दै भ्रम फैलाउन भ्याए । त्यी मध्ये केहिलाइ सरकारले पक्राउ गरिसकेको छ ।

केहि दृष्टान्तलाई हेरौं, विश्वका सबैभन्दा धेरै मानिसहरू इसाई धर्ममा विश्वास गर्छन् । आधुनिक र विकसित भनिएका युरोप, अमेरिका यसमा अझै अगाडि छन् । इसाई धर्मको प्रसिद्ध धार्मिक गुरु पोप फ्रान्सिस इटलीमा बस्छन् तर ब्याक डेथ देखी अहिलेको कोरोना महामारी सम्म सबैभन्दा बढी इटालीका मानिसहरूले ज्यान गुमाएका छन् । इश्वर साक्षात थिए भने इटालीमा सबैभन्दा धेरै मानिसहरूले ज्यान गुमाउने थिएनन् ।

त्यस्तै मध्यपुर्ब र उत्तरी अफ्रिकामा इस्लाम धर्म प्रचलित छ तर सुरुवाती चरण बाट अफ्रिकी देशहरूले सबैभन्दा धेरै गरिबी र भोकमरी को सामना गरिरहेका छन् सबैभन्दा बढी युद्ध झेलिरहेका छन् । तेलको भण्डार भएर पनि अशिक्षा गरिबी र भोकमरी व्याप्त छ । यदि अल्लाह साक्षात थिए भने ती मुलुकका अधिकांश जनताले यो अवस्था भोग्नुपर्ने थिएन सायद ।

अब हिन्दु धर्मको कुरा गरौं, हिन्दु धर्मशास्त्रहरुका अनुसार हिन्दु धर्ममा ३३ कोटि (करोड) देवता छन् तर हिन्दु धर्मको बाहुल्यता रहेको दक्षिण एशियाली मुलुक नेपाल, भारत लगायतका देशलाई हेर्ने हो भने पनि अवस्था सन्तोषजनक देखिँदैन ।

बुद्ध धर्म भन्दापनी दर्शन हो तथापि यसलाई धर्मको रुपमा मान्ने पुर्वी एशियाली मुलुकहरू पिलिपिन्स, जापान, कोरिया, चिन लगायतका मुलुकहरूले पनि बेलाबेलामा विभिन्न प्राकृतिक विपत्तिहरुको सामाना गर्दै आइरहेका छन् ।

हामीले जुन रुप र धर्मका नाममा माने पनि यदि इश्वर साक्षात थिए या कुनै अलौकिक शक्ति थियो भने यस्ता प्रकृतिका विपत्ति र संकटबाट मानव जातिलाई जोगाउन किन सकेन ?

त्यसकारण विश्वमा जे जति बिकास र बिनास भएका छन् त्यसमा स्वयम मानिसको मात्रै भुमिका छ कुनै अलौकिक शक्ति छैन भन्ने तथ्यलाई भुलेर कर्म नगरी इश्वर या अलौकिक शक्तिको नाममा भाग्यको पछि लाग्नु अन्धकार तिर जानू हो । युरोपबाट आएका आर्य र स्थानीय द्रबिड बिचको लडाइँलाई रामायण भनियो र धर्मको लेप लगाइयो। भौतिकबादी दृष्टिकोण बाट हेर्दा धर्म भनेको डर हो । डरलाइ तत्कालीन साशकहरुले आफ्नो शासन सत्ता जोगाउन पाप र अलौकिक शक्तिको डर देखाइ लागु गरेको राजर्षी नियम का अलावा अरु केहि होइन।

अहिलेको संकटको जिम्मेवार हामी स्वयम हौं , अन्तिम सत्य विज्ञान हो, समस्या को समाधान विज्ञान भन्दा बाहिर खोज्न नथालौ । यो विपत्तिमा अनावश्यक हल्लाको पछी नलागौ , सुरक्षाको उपाय अपनाउ आफु पनि बचौ र अरुलाइ पनि बचाउँ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *