विप्लव पुत्र प्रकाश नेतृत्वको चिकित्सा संघद्वारा चारबुँदे मागसहित आन्दोलनको घोषणा

काठमाडौ – चिकित्सा शिक्षामा शुल्कवृद्धि र कामदारको तलबवृद्धिको माग राख्दै चिकित्सा शिक्षा संघर्ष अभियानलेे आन्दोलनको घोषणा गरेको छ ।

“सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।” भन्ने नारासहित आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिका संयोजक प्रकाश चन्दले  चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

यस्तो छ संघर्ष समितिले जारी गरेको विज्ञप्ति

चिकित्सा शिक्षा संघर्ष अभियान !

नेपालको इतिहासमा ठूलाठूला संघर्ष र बलिदानका महत्त्वपूर्ण उपलब्धि स्वर्णिम अक्षरमा लेखिएका छ्न । विभिन्न स्वरुपहरु बदल्दै यो संघर्ष अहिले पनि जारी छ । अहिले नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको छ । विडम्बना, शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेका छन् । संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले जुन किसिमको दास मानसिकताको व्यवहारमा गरिरहेका छन् त्यो निकै निन्दनीय छ । यस्तो निन्दनीय कार्यको सशक्त प्रतिरोध गर्दै संघर्षमा उत्रन आम नागरिक, विधार्थी र चिकित्सकलाई हार्दिक अपिल गरिन्छ ।

आजको दिनमा दलाल र माफियाहरुले स्वास्थ्य क्षेत्रमा आवद्ध डाक्टर, नर्स, ल्याब, प्राबिधिक सहयोगी, फार्मिसिस्टलगायत सबै साथीहरूलाई आधुनिक दासको झल्को आउने गरी खरिद बिक्री गर्दै आएको सबैलाई जानकारी भएकै विषय हो । त्यो मात्रै होइन, सरकारले स्वास्थ क्षेत्रमा निर्धारण गरेको श्रमको मुल्यसमेत आपत्तिजनक, हतोत्साहिजनक र निरासातर्फ धकेल्ने प्रकृतिको छ । यसको पुनर्विचार गरेर उचित मुल्यांकन गरिनु जरुरी भैसकेको छ ।

चिकित्सा अध्ययनलाई लुट र भ्रष्टको साधन बनाउँदै दलाल र माफीयाले अभिभावक र विद्यार्थीबाट २०औं लाख अनावश्यक रकम असुल्ने तर यहि क्षेत्रमा कार्यरत श्रमिकलाई निकै निम्नस्तरको श्रममुल्य दिने परिपाटी सह्य हुनसक्दैन । त्यसैले यस बिषयमा आम नागरिक, बुद्धिजीवी, विद्यार्थी, चिकित्सा क्षेत्रका विभिन्न सघंसस्था, अग्रज सरोकारमञ्च र सम्बन्धि निकायद्वारा सरकारको ध्यानाकर्षण गराउँदै यस बिषयमा गम्भीर बन्न र यस क्षेत्रको सुधारका निम्ति आ-आफ्नो ठाउँबाट आवाज उठाउन हार्दिक अपिल गरिन्छ ।

मागहरू:

४) भर्नाको हकमा पुनरावलोकन तथा कार्यनयन गरिनुपर्ने विषय:

– MBBS, BDS, BNS/B.S.C nursing, BMLT, BMIT, B-pharmacy, BPH को हकमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पारियोस् ।

२) उल्लेखित स्वास्थ्यकर्मीको उचित तलब ,सुरक्षा र अन्य सुविधाको व्यवस्ता गरियोस् ।

-Internship

-Nurse

-Mo

-Residency

-Consultant

३) पाठ्यक्रम परिमार्जन गरी प्रविधिमत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने

४) मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरि मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा प्रदान गरियोस् ।

संघर्षका कार्यक्रमहरु:

– ५ गते- पत्रकार सम्मेलन

– ६-८गते- मागपत्र वितरण र अन्तरक्रिया

– ९ गते- अन्तरक्रिया “भद्रगोल स्वास्थ क्षेत्र र हाम्रो सरोकार ”

– १०-१४गते- सबै मेडिकल कलेजमा सभा गर्ने र बिरोधस्वरुप कालो ब्यानर राख्ने

– १५ गते- कालो पट्टी बाधेर काम गर्ने / पढ्ने

– १६ गते- सबै मेडिकल कलेज प्रशासनसँग छलफल गर्ने

– २५ गते- राजधानीमा विशाल

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *