मिस नेसन नेपाल २०२२ को उपाधि सेन्ट्ररल कलेज कि अनिशा श्रेष्ठलाई

काठमाडौं – मिस नेसन नेपाल २०२२ को ताज सेन्ट्रल कलेज कि  अनिशा श्रेष्ठले पहिरिएकी छन् । आईडु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ प्रतियोगीहरुलाई उछिन्दै सेन्ट्रल कलेजमा बिबिए चौथो सेमेस्टरमा अध्ययनरत श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन् ।

पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजले ब्यबस्थापनमा स्नातक तहमा BHM , BHCM & BBA अध्यापन तथा उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ । सेन्ट्र्ल कलेजले पाठ्यक्रम बाहिर विभिन्न अतिरिक्त तथा रचनात्मक क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाइ सहभागी गराउँदै आएकाले पनि उपाधीका लागी सहयोग पुर्‍याएको कलेजका सह -प्राचार्य गणेश बुढाथोकीले बताउनुभयो । कलेज एजुकेसनल पार्टनर रहेकोे मिस नेसन नेपाल २०२२ को यो पहिलो संस्करणमा निर्णायक मण्डलको रुपमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । सम्पूर्ण शो को कोरियोग्राफी सुजित बस्यालले गरेका थिए ।

विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए भने कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो । प्रतियोगिताको ताज पहिरिन सफल श्रेष्ठलाई सेन्ट्ररल कलेजका प्रबन्ध निर्देशक एव प्राचार्य पारस श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *