स्वेता खड्काको माझी बस्ती निर्माणमा काभ्रे समाज बेल्जियमको सहयोग

काठमाडौं – नायिका स्वेता खड्का माझी बस्ती निर्माणमा सहयोगको लागि बेल्जियम पुगेकी छिन । सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि उनले एकीकृत माझी बस्ती निर्माण गरिरहेकी छन् । उक्त बस्ती निर्माणका लागि उनले सहयोगका लागि आग्रह गरेकी हुन् ।

काभ्रे समाजले बेल्जियममा एक कार्यक्रमको आयोजना गर्दै माझी बस्तीका लागि सहयोग जुटाएको जानकारी समाजका अध्यक्ष दिनेश उप्रेतीले ग्लोबल खबर लाई बताउनु भयो ।

१२ अगस्त 2019 का दिन होटल कार्पिनुस हेरेन्टमा सहयोग कार्यक्रम भएको थियो । बेल्जियमबासी नेपाली दिदीभाइ दाजुभाइले मन खोलेर सहयोग गरेका थिए । होटल कार्पिनुस हेरेन्टमा भएको कार्यक्रममा नेपाली ५ लाख भन्दा बढी सहयोग जुटेको काभ्रे समाजका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीले सहयोगी महानुभावमा हार्दिक नमन गर्दै भबिष्यमा समेत सहयोग को अपेक्षा गर्नुभएको छ ।

३२२ जनाका लागि ५३ घर निर्माणको अभियानका लागि उनले स्वेताश्री फाउन्डेशन खोलेर एकीकृत बस्ती निर्माण कार्य शुरु गरेकी छन् । उक्त बस्ती निर्माणका लागि आवश्यक रकम नपुगेको भन्दै सयोग मागेकी छन् ।

स्वेताले निर्माणाधीन माझी बस्ती आफ्नो मात्रै नभएर सबैको भएको भन्दै भनेकी छन्, “निर्माणाधिन माझी बस्ती मेरो मात्र होइन हामी सबैको बस्ती हो । मलाई माझी बस्ती बनाएर आफ्नो नाम फैलाउनु छैन । म चाहन्छु, हामी सबैको संयुक्त प्रयासबाट यो बस्ती बनोस् र हामी सबैले यसको जस लिन सकौँ । आउनुस् यो अभियानमा एकजुट र एक ढिक्का भएर तपाईं हामीसँगै अगाडी बढौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *