एनआरएनए आयरल्यान्डको अध्यक्षमा छन्त्याल , महासचिवमा अधिकारी  निर्वाचित

काठमाडौं -गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद् आयरल्यान्डका  अध्यक्षमा मिलन छन्त्याल र महासचिवमा ओम अधिकारि  निर्वाचित भएका छन् । 

आयरल्यान्डस्थित डल्बिनमा अगस्ट १९ मा सम्पन्न  परिषदको  सातौं अधिबेशन बाट  उपाध्यक्षद्धमा राम सापकोटा, अवेद्य पाणी गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महसचिबमा ओम अधिकारी, कोषाध्यक्षमा सुमन गुरुङ, सचिबमा प्रेम प्रसाद घले, सहकोषाध्यक्षमा जयन्द्र राना तथा महिला सदस्यहरुमा करुणा थापा र सदस्यहरुमा बाबुकृष्ण खतिवडा, दीपा राई, निशान्त शर्मा, प्रकाश तामांग र पुस्कर बोम्जन निर्बाचित भएका छन् ।

संघको महिला संयोजकमा अन्जु काफ्ले तथा युवा संयोजकमा अनिश भण्डारी र आइसिसि सदस्यमा विनोद कार्की निर्बिरोध निर्वाचित भएका छन् ।

पर्यटन वर्ष २०२० लाई सफल पार्न परराष्ट्र मन्त्रालय सँग सहकार्य गर्दै आयरल्याण्डमा बाट  नेपालमा पर्यटन प्रबर्द्धन गर्न सक्रिय भूमिका खेल्ने, खेलकुद कार्यक्रमलाई अगाडि बढाउने बताउनु भयो। त्यस्तै उहाँले  छिट्टै नै गैरआवासीय नेपाली संघ यूरोपियन फुटबल प्रतियोगिता सञ्चालन गर्न पहल गर्ने, बिद्यार्थीहरुको हितमा सधै तत्पर हुने र “जब फेर’ जस्तो उपलब्धिमुलक कार्यक्रम बिधार्थीहरुको लागि छिट्टै प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आयरल्याण्डमा रहेका सबै नेपाली  संघसस्थाहरुसँग सद्भाव र सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

निर्वाचित केन्द्रीय सदस्य बाबु कृष्ण खतिवडाले महाअधिवेशनमा सहभागी भई हाम्रो टिम लाई माया भरोषा बिश्वास गरि आफ्नो अमूल्य मतदान गरि बिजयी गराउनुभएकोमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु । तपाईं हरुको यो बिश्वास र भरोसा लाइ निरोपण गरी आगामी दिनमा पनि बिश्वास दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *