महिला समाज पोर्चुगलको तीज बिशेष कार्यक्रम सम्पन्न

लिस्बन– नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउँन दुई साता बाँकी छदै लिस्बनमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। महिला समाज पोर्तुगलको आयोजनामा राजधानी लिस्बन स्थित मार्तिम मुनिज पार्कमा कार्यक्रम सम्पन्न भएको मोनिका भुसाल` दुलाल´ले ग्लोबल खबरलाई बताउनु भयो ।

मार्तिम मुनिज पार्कमा दिदिबहिनीहरु कम्मर मर्काएर नाच्दै रमाईलो गरे। केही बिदेशीहरु समेत रमाईलो मान्दै तिजका गीतहरुमा नाचेका थिए । 

नेपाली कला र लोक संस्कृतीको संरक्षण, संम्बृद्धन र प्रर्बद्धन गर्ने तथा प्रवासमा रहेका नेपाली दिदीबहिनी र दाजुभाईहरु बिचको भावनात्मक एकतालाई प्रगाढ बनाउने उद्धेश्यले तीज बिशेष कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष निर्मला खराल ढकालले जानकारी दिनुभयो ।

प्रवासमा भोगेका तिता मिठा अनुभव , दुख , पीडा लाई बिर्सदै दिदिबहिनीहरु बिच घुलमिल हुन पाउदा खुसी लागेको छ । चाडवाड्को बेलामा घर परिवार नेपालको धेरै याद आउदो रहेछ । यस्ता खालको कार्यक्रमले नेपालमै पुगेको छु जस्तो लाग्दो रहेछ । आफन्तको बिचमा छु जस्तो लाग्दो रहेछ । तिज विशेष महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा महिला समाजप्रती धेरै आभारी छु । मोनिका भुसालले ग्लोबल खबरको जिज्ञासामा बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाका ख्याती प्राप्त कलाकारहरुबाट बिशेष सांगितीक प्रस्तुती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *