बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी

काठमाडौं – राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ।  चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो।

आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *