भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं – भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो ।उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार राति भारतको समय अनुसार १०:१५ बजे एआइआएएमएस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्य समस्याकै कारण सन् २०१९ को निर्वाचनमा उनी उमेदवार नभएको जनाइएको थियो।

स्वराजको  निधन भएपछि भारतका मन्त्री तथा भाजपाका नेताहरु नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पताल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *