बालकको घाँटी रेटेर हत्या

काठमाडौं–  धनुषा बाट सोमबार साझँ बेपत्ता भएका साढे २ वर्षका बालकको हत्या भएको छ । शम्भु साहका छोरा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट हराएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केवरले मंगलबार बिहान आधा घाँटी काटेको अवस्थामा नजिकैको बारीमा बालकको शब फेला परेको जानकारी दिएको छ । प्रहरी निरीक्षक सरोज राईले घटना बारे अहिले अनुसन्धान भैरहेको बताए  । उनले भने  अनुसन्धान पछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *