निजि शिक्षाको अधिकारका लागि कुनै कदम बाँकी राख्दिन : कुमार घिमिरे

काठमाडौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को १४ औँ महाधिवेशनमा टीका पुरी नेतृत्वको प्रगतिशील समुहबाट केन्द्रिय उपमहासचिवका  लागि उम्मेदवारी दिएका कुमार घिमिरे काठमाडौ गोकर्णेश्वर नगरपालिका स्थित साग्रीला पब्लिक स्कुलका प्रिन्सिपल , अरुण ज्योति बिद्या मन्दिर स्कुल र जया मल्टिपल क्याम्पसका संन्चालक हुन् । करीव तीन दशक लामो समयदेखिको शैक्षिक अनुभव संगालेका घिमिरे

प्याब्सन काठमाडौको भगिनी संगठन जोरपाटी मंचको सचिब , काठमाडौ प्याब्सनको दुई कार्यकाल सदस्य र एक कार्यकाल सचिब , प्याब्सन केन्द्रिय समितिको संगठन सचिब त्यसपछि उपमहासचिव भएर काम गरिसकेका छन ।

सरल, इमान्दार , लगनशील, विचार प्रष्टसँग राख्न सक्ने प्रभावशाली व्यक्तित्वको रुपमा परिचय बनाएका कुमार घिमिरे लाई महाधिवेशनमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

उपमहासचिबका उम्मेदवार घिमिरेले आफुले प्राप्त गरेको अनुभवलाई प्रयोग गर्दै निजि बिद्यालयहरुको स्थायित्व, वृद्धि बिकास,सुरक्षा र सम्बर्द्धन गर्दै समग्र शिक्षा क्षेत्रलाई समायानुकुल बनाई शिक्षालयहरुका संचालनमा कार्यरत शिक्षक कर्मचारीको मान प्रतिस्ठा अभिवृद्धि गर्ने गराउने कार्यमा असल नियतका साथ लागि पर्ने बताए ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *