–राधा कार्की
विश्वास नहुन पनि सक्छ
सँगै हिँड्नेहरूको
भरोसा नहुन पनि सक्छ
सँगै बोल्नेहरूको
परिवर्तनका बाहकहरू
एकाध बाटो बिराउन पनि सक्छन् ।
अस्ति जस्तै लाग्छ,
थुप्रै रहरहरू बन्धकी राखेर
रोपेकी थिएँ यिनीहरूसँगै
गैह्री खेतमा सपनाको बिउ !
नभन्दै
आशाहरू सलवलाउँदै
झुपडीसम्म पुग्दा
सुन्तली, दावा र रामजनमहरू
खुसीले चिच्याएका थिए–
‘आमा !
हाम्रो घरमा पूmल फुल्यो !’
लाग्यो–
समयले गहिरो स्पर्श गरिरहेछ !
एकाएक मध्यरातमा
सपनामाथि अतिक्रमण भयो
पटक–पटकको हमलाले
स्खलित भए–जिन्दगीका सारा भरोसाहरू !
बस्तीमा रोइरहेका आमाहरूले
एवैmस्वरमा भने–
हिजोसम्म यिनको टाउकोमा
अरूका लागि ठाउँ थियो
हिजोसम्म यिनको मुटुमा
अरूका लागि स्नेह थियो
हिजोसम्म यिनको शरीरमा
आफ्नै रगत र पसिनाको रङ्ग थियो
जब विचलित भए यिनीहरू
तब सुवmेर गयो
यिनको शरीरबाट रातारात
आँसु र बलिदानको रङ्ग !